धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रार्थना विभागको प्रार्थना कार्यक्रम सम्पन्न

५ भदौ २०७४, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय प्रार्थना विभागको कार्यवाहक अध्यक्ष प्रेमा राईको अध्यक्षतामा प्रार्थना कार्यक्रम अनुग्रह प्रतापी मण्डली चप्पलकारखानामा सम्पन्न भएको छ । प्रार्थनामा महासंघको केन्द्रिय अध्यक्ष सि.बि. गहतराजले उत्साहपूर्ण वचन प्रचार गर्नु भएको थियो भने विभिन्न महत्त्वपूर्ण विषयहरूमा प्रेमा राई, पास्टर जीवन बस्नेत, एस्तर केसी, उर्मिला गहतराज लगायतका व्यक्तिहरूले प्रार्थनाको अगुवाई गर्नु भएको थियो । प्रियंका थापामगरले संचालन गर्नु भएको प्रार्थनाको अन्तिम आशिषको प्रार्थना अध्यक्ष सि.बि. गहतराजले नै गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd