धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उपत्यका प्रार्थना विभागको मासिक प्रार्थना सम्पन्न

४ बैशाख २०८० काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । हिली हिमालयन नेपाली चर्च युकेका युथ लिडर पिटर तामाङले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो । सुरुको प्रार्थना केन्द्रिय महिला बिभाग प्रमुख डोमा राईले गर्नुभएको थियो भने आराधनाको अगुवाइ केन्द्रिय सचिव तथा आराधना बिभाग प्रमुख अनिल राईले गर्नुभएको थियो। संचालन केन्द्रिय सदस्य पा. जीवन बस्नेतले गर्नुभएको थियो । बिभिन्न विषयहरुमा उपस्थित पाष्टर, अगुवा तथा विश्वासीहरुले प्रार्थनामा सहायता गर्नुभएको थियो । सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो ।

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd