धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

परिचय

“धार्मिकताले राष्ट्रलाई उचाल्छ ।” – हितोपदेश १४ः३४

National prayer meeting at Pragya Pratisthan (2016)

संस्थाको पृष्ठभूमि

२०६४ सालमा गठित “नयाँ संविधानमा ख्रीष्टियन सुझाव समिति”को जगमा स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विधिवत रुपमा नेपाल सरकारमा दर्ता भई देशभरका मण्डली (चर्च) तथा ख्रीष्टियन संघ÷संस्थाहरुको अस्तित्व, पहिचान, अधिकार र राष्ट्रिय सरोकारका विषयमा कार्यरत छाता संगठन हो । ख्रीष्टियन समुदायको हक, अधिकार र मानवअधिकारको विश्वव्यापि मान्यता अनुसार समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चितताका लागि निरन्तर क्रियाशील रहेको छ ।

समुदायको धार्मिक, साँस्कृतिक अधिकारको सुनिश्चितता लगायत राष्ट्रिय सरोकारका विषयहरुलाई संविधान, ऐन, कानूनहरुको व्यवस्था गराउँदै आवश्यक भूमिका निर्वाह गरिरहेको छ ।

महासंघको केन्द्रीय, प्रादेशिक, जिल्ला, क्षेत्रिय र स्थानीय तहमा समितिहरुका साथै सल्लाहकार तथा अन्र्तराष्ट्रिय समितिहरु रहेको छ ।

स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतता

धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समवृद्ध नेपालको परिकल्पना

विश्वभरी रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमा

बाइबलिय मूल्य मान्यतामा रहेर उद्देश्य मिल्ने सम्बन्धित पक्षहरुसँग समन्वाय र सहकार्य गर्दै राज्यलाई आवश्यक दवाव श्रृजना गर्दै नेपाली ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान र सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक तथा साँस्कृतिक अधिकार एंव पूर्ण धार्मिक स्वतन्तत्रता र सुनिश्चितता गर्ने ।
बाइबलिय मूल्य मान्यता अनुसार सम्पूर्ण ख्रीष्टियन समुदायलाई एकताको सूत्रमा समेट्दै राज्यद्वारा भएका सबै खालका….

मूल्य मान्यताहरुः

1 . दया तथा कृतज्ञता

सम्पूर्ण श्रेय परमेश्वरलाई दिँदै, जिम्मेवारी वहन गर्दा परमेश्वरलाई उच्च स्थानमा राख्दै वहाँको प्रेम, अनुग्रह र कृपाको निम्ति सदैव कृतज्ञ रहनेछौं । (लुका १७ः११–१९), (१ थेस्लोनिकीः ५ः१८)

2 . इमान्दारिता

संस्थाको मौलिकता र अरुको भलाईलाई सर्वोपरि ठान्दै समन्वयकारी ढंगबाट सत्यता, पारदर्शिता र जिम्मेवार हुँदै सम्बन्धित पक्षहरुसँग सहकार्य गर्नेछौं । (हितोपदेश २८ः, फिलिपि ४ः८)

3 . आतिथ्यता वा सत्कार

सबै पक्ष र जस्तोसुकै अवस्थामा पनि हामी एक अर्काप्रति इज्जत, सद्भाव र शौहार्दता प्रकट गर्दछौं । हामी सम्मान र सद्भावलाई जहिले पनि सर्वोपरी ठान्नेछौं । (१ पत्रुस ४ः९, हिब्रु १३ः)

4 . क्षमायाचना

दोष र प्रतिशोधको भावना नराखि, क्षमा र प्रेमलाई केन्द्रविन्दु बनार्ई सम्पूर्ण कार्य गर्नेछौं । (दानिएल ९ः९), मत्ती ६ः७–१५), लुका ७ः४१–५०)

5 . मूल्य र मान्यता

हामी बिश्वास गर्दछौं कि मानिस इश्वरको प्रतिरुपमा काम गर्न, सिक्न सृजना गरिएका हुन् । हामी कामको सुन्दरता, सिकाई, कार्य क्षेत्रसित सम्बन्धित पेशागत विषयसँग रमाउँछौं । हामी परमेश्वरका जनहरु सेवा गर्न बोलाइएका हौं अनि परमेश्वरको अनुग्रहमा हाम्रो भूमिका फरक फरक छ भनि बिश्वास गर्छौं । (उत्पति १–२, कलस्सी ३ः१७, एफिसी २ः१०)

6 . समूहगत कार्य

सम्पूर्ण कार्ययोजना तय गर्दा छलफल, वहश र सहमति कायम गरी समूह परिचालनको माध्यमबाट कार्य सम्पादन गरिनेछ । जब हामी संगसंगै असल संसार निर्माणको निम्ति काम गर्छौं र जति उपलब्धि प्राप्त गर्छौं उति नै इश्वरको रुप प्रतिबिम्बित भएको महशुस गर्छौं । (हितोपदेशः२७ः१७, उपदेशक ४ः९–१०, १कोः१२, १२–३१) ।

7 . शक्ति, लगनशीलता र सृजनशीलता

परमेश्वरलाई पुकार्दै वहाँका विधिविधानलाई सर्वोपरी ठान्दै हाम्रो अघि भएको कामको निम्ति श्रेस्ठतम शक्ति, अनि सृजनशीलताको उपयोगको लागि परमेश्वरको अगुवाई र भरोसामा अगाडि बढ्नेछौं । (कलस्सी ३ः२३,मत्ती २५ः१४–३०)

बोलावट र अपेक्षा

लामो समयको प्रार्थना पश्चात हामी ख्रीष्टियन समुदायको सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक र साँस्कृतिक अवस्थालाई मध्यनजर गर्दै , देशव्यापी रुपमा छलफल र वहश एवं वरिष्ट अगुवाज्यूहरुसँगको सल्लाह अनुसार परमेश्वरको वचन (यशैया ५८ः६–७ “जो अन्याय अत्याचारको कैदी बनि साङ्लामा बाँधिएका छन् उनिहरुलाई मुक्त गर, आरोप र शोषणमा परेकाहरुलाई छुट्कारा देऊ । ७, भोका र अपहेलित छिमेकी दाजुभाई को ख्याल राख ।”)

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd