धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बार्षिक योजनाहरु

बार्षिक-योजनाहरु

  • १. प्रत्येक वर्ष कार्तिक २९ गते संस्थाको वार्षिक उत्सव मनाउने ।
  • २. प्रत्येक पौष १० गते ९म्भअ। द्दछ० मा राष्ट्रव्यापी ख्रीष्टमस महोत्सव मनाउने ।
  • ३. प्रत्येक वर्ष इष्टर सण्डेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने ।
  • ४. प्रत्येक महिनाको पहिलो आइतबार केन्द्रिय विशेष समितिको बैठक बस्ने ।
  • ५. वर्षमा १ पल्ट राष्ट्रिय भेला र केन्द्रिय समितिको बैठक विधान अनुसार गरिनेछ ।
  • ६. आवश्यकता अनुसार पत्रकार सम्मेलन, अन्र्तक्रिया लगायतका कार्यक्रम गरिनेछ ।
  • ७. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबीच भएको ऐतिहासिक ६ बुँदे सहमति भएको दिन जेठ १३ गते (३ बुँदे र ६ बुँदे सहमति कार्यान्वनका लागि) देशभर महासंघका सबै तहका समितिहरुद्वारा प्रार्थना सभा आयोजना गरिने ।
  • ८. नयाँ संविधान जारी भएको उपलक्ष्यमा आश्विन ३ गते महासंघका सबै तहका समितिहरुद्वारा राष्ट्रव्यापी वृहत प्रार्थना सभा आयोजना गरिने ।
  • ९. आवश्कता अनुसार सरकारका विभिन्न निकायहरुमा ज्ञापन–पत्र प्रस्तुत साथै आवश्यक मिटिङ्ग गरिने ।
  • १०. राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका डिनोमिनेशन, मण्डली समूह तथा संघसंस्थाहरुसँग समन्वय र सहकार्यको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिने ।
  • ११. राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा आत्मिक सम्मेलन प्रत्येक वर्ष आयोजना गरिने ।
  • १२. विभिन्न प्रदेश तथा जिल्लाहरुमा अनुगमन, संगठन विस्तार तथा प्रशिक्षण र प्रचार प्रसारका कार्यक्रमहरु संचालन गरिने ।
  • १३. त्रैमासिक रुपमा महासंघको गतिविधिहरुलाई समेटी बुलेटिन प्रकाशन गरिने ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd