धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उपत्यका प्रार्थना विभागको मासिक प्रार्थना सम्पन्न

१ जेठ २०८० काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । वचन रेभ. किम हो जीनले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो भने अनुवादकको रुपमा पा. तिमोथी राईले सहायता गर्नुभएको थियो ।

सुरुको प्रार्थना पा. आत्माराम रम्तेलले गर्नुभएको थियो । आराधनाको अगुवाइ केन्द्रिय सचिव तथा आराधना बिभाग प्रमुख अनिल राईले गर्नुभएको थियो। संचालन डिकन हेम कुमार सुनुवारले गर्नुभएको थियो । बिभिन्न विषयहरुमा उपस्थित पाष्टर, अगुवा तथा विश्वासीहरुले प्रार्थनामा सहायता गर्नुभएको थियो । सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिनुभयो । भने उपाध्यक्ष तथा केन्द्रिय प्रार्थना बिभाग सहप्रमुख पा. आशा राईले अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd