धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

संयुक्त राज्य अमेरिकाको सदभावदूतमा डा. मनोज श्रेष्ठ

१ भदौ २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सि.बि. गहतराजको अध्यक्षतामा विशेष समितिको बैठक सम्पन्न भएको छ । पा. त्रिरत्न आदम तुलाधरले सुरुको प्रार्थना गर्नुभएको उक्त बठैकमा आशिषमय अभिप्रेरित वचनको सेवा भने सहअध्यक्ष रेभ. शामुएल सोदेम्बाले गर्नुभएको थियो । महासंघले अहिलेको विभिन्न जटिल विषयहरुमा छलफल गर्नुका साथै निर्णयहरु समेत गरेको हो । समितिको बठैकको निर्णयअनुसार संयुक्त राज्य अमेरिकाको सदभावदूतमा डा. मनोज श्रेष्ठलाई नियुक्त गर्नुका साथै सद्भावदूत श्रेष्ठको संयोजकत्वमा सचिव रमेश मैनाली, सदस्यहरुमा डा.प्रकाश मेगी गुरुङ लगाएतका सदस्यहरु रहने गरी ९ सदस्यीय समिति गठन गरेको छ । यस्तै गत मिति २०७४ साल श्रावण ९ गते दखि करिव ३ हप्ताको लागि अमेरिका रहँदा उहाँको अनुपस्थितिमा सहअध्यक्ष पा फिलेमोन क्षेत्रीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएकोमा आज डा. क्षेत्रीले उक्त कार्यभार अध्यक्ष सि.बि. गहतराजलाई पुन हस्तान्तरण गर्नुभएको थियो । बैठकमा २०७४ श्रावण २७ गते रातिबाट आएको अविरल वर्षाका कारण तराईका अधिकांश भुभाग डुबानमा पर्न गई लाखौ नेपालीहरुको जनधनको क्षति भएकोले महासंघको तर्फबाट विज्ञप्ति प्रकाशित गरि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । त्यस्तै हालै अमेरिकामा सम्पन्न वि.एन.सि.ए. सम्मेलन–२०१७ मा महासंघको तर्फबाट अध्यक्ष सि.बि. गहतराज र प्रवक्ता सागर बैजु सहभागि हुनुभई ख्रीष्टियन समुदायको वर्तमान स्थितिका बारेमा जानकारी गराईएको थियो । साथै भ्रमणकै क्रममा विभिन्न राज्यहरुमा मानव अधिकार र धार्मिक अधिकार हेर्ने निकायहरुका प्रमुखसँग समेत छुट्टाछुट्टै बैठकहरु सम्पन्न गरिएको कुरा समेत सम्मेलनमा जानकारी गराउनुभएको थियो । साथै विश्वभरी छरिएर रहेका विभिन्न मुलुकका सदभावदूतहरुलाई समन्वय र परिचालन गर्नको लागि प्रवासी समन्वय विभाग प्रमुखमा पा. निमा घिसिङको नाम अनुमोदन गरिएको छ । त्यस्तै संयुक्त राज्य अमेरिका लगाएतका अन्य मुलुकको लागि अन्र्तराष्ट्रिय सल्लाहकारको लागि ग्लोबल मिशनका अध्यक्ष रेभ. दान पोखरेलाई जिम्मेवारी दिने सर्वसम्मतले निर्णय गरिएको छ ।        

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd