धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रशासनले कुनै धार्मिक विभेद नगर्नेः मन्त्री बस्नेत

        ५ भदौ २०७४, ललितपुर । आज विहान राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको एक प्रतिनिधि मण्डल विहान हरिहरभवनस्थित मन्त्री क्वाटरमा सामान्य प्रशासन मन्त्री माननीय टेक बहादुर बस्नेतलाई भेट गर्न र बधाई तथा शुभकामना दिन पुगेको छ । सो भेटमा महासंघका अध्यक्ष सि.बि. गहतराजले साउन २५ गते व्यवस्थापिका संसदबाट पारित भएको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक २०७४ को बारेमा, समाधिस्थल र प्रशासनको तर्फबाट भएका विभिन्न विभेदहरु लगाएतका ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारका विषयहरुमा समग्रमा जानकारी गराउनु भएको थियो । भने उक्त भेटमा माननीय मन्त्री बस्नेतले राज्यले कसैलाई धार्मिक विभेद हुन नदिने र राज्यले स्वीकारेको धर्मनिरपेक्षतालाई व्यवहारीक रुपमा कार्यान्वयन गर्ने अब हामीहरुको जिम्मेवारी रहेको बताउनु भयो । साथै राज्यले सबै धर्मलाई सम्मानजनक व्यवहार गर्ने र आफनो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । सो भेटमा महासंघको तर्फबाट अध्यक्ष सि.बि गहतराज, सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बा, उपाध्यक्ष रेभ. काजीरत्न मर्हजन, उपाध्यक्ष एवंम अन्र्तराष्ट्रिय विभाग प्रमुख सुश्री अन्ना पेडन, महासचिव पदमनाथ पराजुली, उप–महासचिव चन्द्रमान नेपाली र कार्यालय सचिव श्री निरोज तोलाङे को उपस्थिती रहेको थियोे ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd