धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

७ नं प्रदेशको भेला भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको ७ नं प्रदेशको भेला महासंघका उपाध्यक्ष तथा ७ नं प्रदेशका प्रमूख पा. जितेन्द्र ताम्राकारको अध्यक्षतामा १९ भाद्र २०७७ (शुक्रबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । भेलामा महासंघका अध्यक्ष, बरिष्ठ सहअध्यक्ष तथा ७ नं प्रदेशका जिल्ला प्रमुखहरू र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

केन्द्रिय सचिव पा. विष्णु परियारले राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल र नेपाल सरकार बिच भएको ३ बुदें र ६ बुदें सहमतिहरुको विषयमा प्रस्ट्याउनु भएको थियो । त्यसैगरि उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो भने सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले संगठन बिस्तारको विषयमा जानकारी गराउनु भएको थियो । सहअध्यक्ष अधिवक्ता रीता थापा मगरले महासंघको उदेश्य, लक्ष्य र भावी योजनाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

प्रस्तावित छलफलमाथि विभागिय प्रमुखहरु र जिल्ला प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । वचनको सेवकाई महासंघका बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुलाई धन्यवाद दिँदै ७ नं प्रदेशमा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । प्रदेशका प्रमूख पा. जितेन्द्र ताम्राकारले अन्तिम प्रार्थना गरेर कार्यक्रमको समापन गर्नुभएको थियो भने पा. करण कैनीले कुशलतासाथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd