धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

५ नं. प्रदेश भेला सम्पन्न

२१ जेठ २०७५, दाङ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. ५ का प्रदेश प्रमुख पा. टेक विक्रम हिताङज्यूको अध्यक्षतामा ५ नं. प्रदेशको प्रदेशिक भेला हिजो सम्पन्न भएको छ । दाङ जिल्लास्थित भालुवाङको जिसस फर अल नेशन मण्डलीमा सम्पन्न भएको सो भेलामा प्रदेश भेलामा प्रदेश नं. ५ का केन्द्रिय सदस्यज्यूहरु, जिल्ला अध्यक्षज्यूहरु, विभिन्न मण्डलीका प्रतिनिधिज्यूहरु र दाङ जिल्लाका पाष्टर अगुवाज्यूहरुको बाक्लो उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रदेश प्रुमख हिताङज्यूले महासंघले हासिल गरेका उपलब्धीहरु, भावी रणनीतिहरु र चुनौतीका विषयमा प्रकाश पार्नुहुँदै आगामी दिनहरुमा जिल्ला समितिहरुको प्रशिक्षण तथा समितिहरु गठन र परिचालन गरी प्रदेश नं. ५ लाई सशक्त रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सचिव आदरणीय पा. विष्णु परियारज्यू लगायतले मन्तब्य दिनुभएको भेलामा प्रदेश नं. ५ लाई सशक्त रुपमा अगाडी बढाउन सह-पाष्टर कमल सुनुवारज्यूको अध्यक्षतामा सचिव अशोक कुमार यादवज्यूलाई नियुक्त गरी प्रदेश नं. ५ को प्रादेशिक युवा समिति गठन गरिएको छ भने सो समितिले बाँकी सदस्यहरुलाई नियुक्त गरी पुर्णता दिने बताइएको छ । साथै भेलाले पा. नर बहादुर शाहज्यूको संयोजकत्वमा ७ सदस्यीय प्रादेशिक सल्लाहकार समिति समेत गठन गरिएको उक्त भेलाको संचालन सिमोन वि.सी.ज्यूले संचालन गर्नुभई महासंघ दाङ जिल्ला समितिका अध्यक्ष तथा केन्द्रिय सदस्य पा. नरेन्द्र बरालज्यूले आशिषमय अभिप्रेरित वचन बाँडनुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd