धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

३ हप्ते भ्रमणका क्रममा महासंघका अध्यक्ष सि.वि. गहतराज र उपमहासचिव तथा प्रवक्ता पा. सागर बैँजु अमेरिका प्रस्थान

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले हिजो सोमवार विज्ञप्ती प्रकाशित गर्दै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। महासंघका तर्फबाट अध्यक्ष सि.बि.गहतराज र उपमहासचिव तथा प्रवक्ता सागर बैजू श्रावण १२ गतेदेखि संयुक्त राज्य अमेरिका स्थित लरेन्सभिल्ला जर्जियामा हुन लागेको भुटानिज नेपाली चर्चेज अफ अमेरिका (बि.एन.सि.ए) द्वारा आयोजित ७ औं सम्मेलनमा भाग लिन हिजो बेलुकी अमेरिका तर्फ प्रस्थान गर्नुभएको छ । तीन हप्ते भ्रमण अवधिका क्रममा अमेरिकाका धार्मिक, साँस्कृतिक र मानव अधिकार सम्बन्धित सरकारी प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेटघाट कार्यक्रमहरुको समेत आयोजना गरिने बताइएकोे छ । त्यसैगरी सोही विषयहरुमा सम्बन्धित रहेका संघसंस्थाहरुका प्रमुखहरुसँग विभिन्न भेटघाट कार्यक्रमहरु आयोजना गरिने जारी विज्ञप्तीमा उल्लेख छ । भ्रमण अवधिभर राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रमहरु समुदायको हितमा केन्द्रित रहनेछ भने महासंघको त्यस तीन हप्ते अमेरिका भ्रमणले विश्वभर छरिएर रहेका नेपाली ख्रीष्टियनहरुको अस्तित्व, पहिचान र अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । महासंघका अध्यक्ष गहतराजको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण कार्यभार सह–अध्यक्ष डा.फिलेमोन क्षेत्रीलाई दिइएको छ भने उप–महासचिव तथा प्रवक्ता पा. सागर बैजुको अनुपस्तिथिमा अर्का उप–महासचिव पास्टर चन्द्रमान नेपालीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd