धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

३ नं प्रदेशको भेला भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको ३ नं प्रदेशको भेला महासंघका उपाध्यक्ष तथा ३ नं प्रदेशका संयोजक पा. कृष्ण परियारको संयोजकत्वमा १९ भाद्र २०७७ (शुक्रबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । भेलामा महासंघका अध्यक्ष, बरिष्ठ सहअध्यक्ष तथा ३ नं प्रदेशका जिल्ला प्रमुखहरू र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

केन्द्रिय सचिव पा. विष्णु परियारले राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल र नेपाल सरकार बिच भएको ३ बुदें र ६ बुदें सहमतिहरुको विषयमा प्रस्ट्याउनु भएको थियो । त्यसैगरि केन्द्रिय सचिव तथा सचिवालय संयोजक पा. प्रेम कार्कीले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि कार्यक्रम र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणमा सबै मण्डलीहरु र स्थानिय तहका पाष्टर तथा अगुवाहरुलाई अग्रसर रहन आग्रह गर्नुभएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो भने सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन बिस्तारको विषयमा जानकारी गराउनु भएको थियो ।

प्रस्तावित छलफल माथि विभागिय प्रमुखहरु र जिल्ला प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । उक्त छलफल पछि सल्लाहाकार रेभ. पा. सोनाम काबोलाई उपत्यकाका मण्डलीहरुसँगको संयोजन गर्ने कामको जिम्मेवारी प्रधान गरिएको छ ।

वचनको सेवकाई महासंघका बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुलाई धन्यवाद दिँदै ३ नं प्रदेशमा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो भने सल्लाहाकार रेभ. पा. सोनाम काबोले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd