धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

१ नं. प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७६ भदौ ३० काठमाडौं ! आगामी माघ १६ गतेका दिन राष्ट्रिय ख्रीष्टिन महासंघ नेपालको १ नं. प्रदेश स्तरिय अधिवेशन गराउने प्रमुख म्याण्डेट दिइ मेचीनगर, धुलाबारी स्थित नेपाल ख्रीष्टिय रिभाइबल चर्चका रेभ. पा. एनोज गज्मेरको संयोजकत्वमा २३ सदस्य १ नं. प्रदेशस्तरिय समिति गठन गरिएको छ । अधिवेशन हुनु भन्दा अघि यस समितिले प्रदेश १ मा रहेका सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरिय समितिहरु गठन गर्ने भएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका केन्द्रिय अध्यक्ष सि.बि.गहतराजको प्रमुख आथ्यतियमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमको सभापत्व राष्ट्रिय ख्रीष्टियन महासंघका १ नं. प्रदेशका प्रमुख तथा उपाध्यक्ष पा. इन्द्र बहादुर नेपालीले गर्नु भएको थियो ।

२०७६ साल भदौ ३० गतेका दिन पथरी शनिश्चरे मरोङ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा सम्पन्न भएको कार्यक्रमलाई महासंघका अध्यक्ष सि.बि.गहतराजले नेपालको विकासमा विशेष्गरी शिक्षा, स्वस्थय लगायतअन्य सामुदायिक विकासमा ख्रीष्टियनहरुले उल्लेख्निय योग्दान गरेको साथै समाजमा रहेको विकृति, विसंगतिहरुलाई हटाउन ठूलो कार्य गरेको तर नेपाल सरकारले फौजदारी विधेक तथा अन्य कानुनहरु ल्याएर सम्मान गर्नुको साट्टो झुटो मुद्दाहरु लगाई दुख दिने कार्य भएको बताउनु भयो । देश सबृद्ध बनाउन नेपाल सरकारले ख्रीष्टियनहरुसँग विशेष् प्रकारले सहकार्य गर्न सरकारलाई सुझाव दिनुभयो र सरकारलाई नेपाली ख्रीष्टियन समुदायले विशेष् प्रार्थनाका साथै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उहाँले ख्रीष्टियनहरु पनि सचेत रही अरुले औँला ठडाउन नसक्ने गरी काम गर्नु पर्ने बताउनु भयो साथै सबै ख्रीष्टियनहरु एकतामा आउनुको विकल्प नभएको पनि बताउनु भयो । अरुले के भन्छ भनेर नअल्मलि परमेश्वरको डर राखी नेपालमा परमेश्वरको महिमाको लागि एकजुट भई कार्य गर्नुपर्ने धारणा राख्नुका साथै सबै मण्डलीहरुलाई आबद्धता हुन पनि आह्वन गर्नु भयो ।

संबोधन गर्ने क्रममा ख्रीष्टियन पत्रकार महासंघका अध्यक्ष पा. गिदोन लामिछानेले समाजमा व्यप्त रहेको छुवाछुत जस्ता कुसंस्कारहरुलाई हटाउन ख्रीष्टियनहरुले ठूलो भूमिका खेलेको र यस प्रकारका विकृतिहरुलाई ख्रीष्टिनहरुले मात्र हटाउन सक्ने बताउनु भयो । त्यसै गरी महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ.पा.उद्धव चिमोरि, अर्का उपमहासचि पा.धनराज घिमिरे, सचिव पा.प्रेम कार्की तथा सदस्य सचिव पा.कर्णलाल पाण्डेले पनि सभालाई संबोधन गर्नुका साथै विभिन्न विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो ।

१ नं. प्रदेशमा रहेका अधिकंश जिल्लाहरुका पाष्टर तथा अगुवाहरुको उल्लेख्निय सहभागिता रहेको थियो र उहाँहरु महासंघमा आबद्ध भई नेपाली ख्रीष्टियनहरुको हकहितका लागि कार्यगर्न उत्साहित भएको आसय व्यक्त गर्नु भएको थियो । सभालाई स्थानीय पाष्टर तथा महासंघको १ नं. प्रदेशका सचिव पा.डिल्लीराम पौडेलीले सञ्चालन गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd