धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

१ नं. प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२५ जेठ २०७५, झापा । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ का प्रदेश प्रमुख पा. इन्द्र बहादुर नेपालीज्यूको अध्यक्षतामा झापा जिल्लाको धुलाबारीस्थित नेपाल राष्ट्रिय जागृति मण्डलीमा १ नं. प्रदेशको प्रादेशिक भेला तथा प्रशिक्षण कार्यक्रम हिजो विहिबार सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूको प्रमुख आतिथ्यता र उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुँज्यूको विशेष आतिथ्यता रहेको सो प्रदेश भेलामा प्रदेश नं.१ का केन्द्रिय सदस्यज्यूहरु, विभिन्न नगर समाज र जिल्ला समाजका अध्यक्षज्यूहरु, विभिन्न मण्डलीका प्रतिनिधिज्यूहरु र झापा जिल्लाका पाष्टर अगुवाज्यूहरुको बाक्लो उपस्थिती रहेको थियो । महासंघका केन्द्रिय अध्यक्ष गहतराजज्यू र उपमहासचिव तथा प्रवक्ता पा. बैजुँज्यूले महासंघको उदेश्य, हासिल गरेका उपलब्धीको विषयमा प्रस्ट पार्दै वर्तमान परिस्थिती तथा भावी योजना र विभिन्न चुनौतिहरुको विषयमा प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष गहतराजज्यूले पछिल्लो अवस्थामा ख्रीष्टियन समुदायमाथि भएका विभिन्न घटनाहरुको सम्बन्धमा महासंघले सरकारसँग समुदायको हक हितको पक्षमा निरन्तर पैरवी गरिरहँने बताउँनुभयो । साथै उहाँँले राज्यबाट ख्रीष्टियन समुदायलाई चारैतिरबाट विभिन्न झुठा आरोप लगाउँदै आएकोले सबै एक भएर काम गर्न अनुरोध समेत गर्नुभएको थियो । भेलामा सम्पूर्ण ख्रीष्टियन मण्डली (चर्च) समुहहरु, समाज, विभिन्न मण्डली सम्प्रदाय, पाष्टर तथा अगुवा समुह तथा धार्मिक समदायसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुलाई महासंघमा आवद्ध हुन आह्वान गर्नुहुँदै मण्डली हुने विभिन्न क्रियाकलापलाई सचेत भई संचालन गर्न समेत अनुरोध गर्नुभएको थियो । भेलामा विभिन्न जिल्ला समाजका अध्यक्ष तथा प्रतिनिधिज्यूले शुभकामना मन्तब्य दिनुहुँदै महासंघले ख्रीष्टियन समुदायको हक हित र अस्तित्व पहिचानमा निरन्तर गरिरहेको कामको प्रशंसा गर्नुहुँदै हामी ख्रीष्टियन समुदायको पक्षमा बोल्ने कोही नभएकोले महासंघ अहिलेको आवश्यकता र समयको माग भएको बताउँदै पूर्वाञ्चलमा समिति विस्तार लगायतका ख्रीष्टियन समुदायको हितमा हुने जुनै काममा पनि सहभागी र सर्मथन रहेको बताउँनुभएको थियो । भेलाले पा. जगत पौड्यालज्यूको अध्यक्षतामा ९ सदस्यीय झापा जिल्ला समिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै प्रदेश नं. १ मा पर्ने विभिन्न जिल्लाहरुमा जिल्ला संयोजकहरु तोकी ६ महिना भित्रमा जिल्ला समितिहरु विस्तार गरी प्रदेश नं. १ को वृहत भेला गरी प्रदेश समितिलाई पूर्णता दिने निर्णय गरको थियो । उक्त भेलाको संचालन महासंघका केन्द्रिय सहसचिव तथा प्रदेश सचिव पा. डिल्लीराम पौडेलीज्यूले संचालन गर्नुभई सुरुको प्रार्थना प्रदेश नं. १ का सल्लाहकार रेभ. एनोस गजमेरज्यूले गर्नुभएको थियो भने आगन्तुक पाहुनाहरुलाई प्रदेश सहसचिव पा. शुक्र ब. राईज्यूले स्वागत गर्नुभएको हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd