धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

१ नं प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

१६ जेठ २०७८ (आइतबार) । १ नं प्रदेशको दोस्रो अधिवेशन महासंघका उपाध्यक्ष तथा १ नं प्रदेश प्रमूख पा. इन्द्र बहादुर नेपालीको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना रेभ. पा. डी.बी. सिलास राईले गर्नु भएको थियो भने आराधनाको अगुवाई डिकन मौसम मगरले गर्नु भएको थियो । प्रवासी तथा गैह्र आवासीय विभागका सहप्रमुख रेभ. डा. प्रकाश मेघी गुरुङ्गले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, १ नं प्रदेश पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, विभिन्न प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो । अध्यक्ष सी.बी. गहतराजले व्यानर वाचन गरेर भेलाको उद्घाटन गर्दै महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो भने उपाध्यक्ष तथा १ नं प्रदेश प्रमूख पा. इन्द्र बहादुर नेपालीले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै १ नं प्रदेश समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

 

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता अध्यक्ष सी.बी. गहतराज र सदस्यहरु सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रिता थापा मगर काबो, उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरिया रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता कानुनी सल्लाहाकार अधिवक्ता बुद्ध घिसिङ्गले गर्नुभएको थियो । निर्वाचन मण्डलमा सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्ग, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख ए. विष्णु परियार र मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले रेभ. पा. एनोस गजमेर १ नं प्रदेश प्रमुख सहितको ४३ सदस्सीय पदअधिकारीहरुहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता पा. बुद्ध घिसिङ्गले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदअधिकारीहरुलाई अध्यक्ष सी.बी गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन एल्डर. मन खुदाङले गर्नुभएको थियो भने महासंघका १ नं प्रदेश संयोजक रेभ. पा. एनोस गजमेरले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्ग, सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रिता थापा मगर काबो लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख रेभ. पा. एनोस गजमेरले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागिपर्ने घोषणा गर्दै कोरोनाको महामारीमा परी ज्यान गुमाउनु भएका पाष्टर, अगुवा तथा विश्वासीहरुलाई समवेदना प्रकट गर्दै शोक प्रश्ताव सहभागिको अनुमतिमा पारित गर्नुभएको घोषणा गर्नुका साथै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

पूर्व प्रदेश प्रमुख पा. इन्द्र बहादुर नेपाली लगाएतका पदअधिकारीहरुलाई धन्यवादका साथै आभार प्रकट गर्दै आउने दिनमा सबै मण्डली तथा संघसंस्थाहरुसँग समन्वय र सहकारी गर्दै अघि बढ्ने प्रदेश प्रमुख रेभ. पा. एनोस गजमेरले घोषण गर्नु भयो ।

बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले नव निर्वाचित पदअधिकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थनाद्वारा भेलाको समापन गर्नुभएको थियो ।

 

१ नं प्रदेशको नव निर्वाचित पदअधिकारीहरुका नामावलीहरुः १) प्रमुख रेभ. पा. एनोस गजमेर (झापा), २) सह-प्रमुख अधिवक्ता नीर कुमारी राई (सोलुखुम्बु), ३) सचिव डि. हिमांशु राया (मोरङ) ४) सह-सचिव पा. रामु सुवेदी (धनकुटा), ५) कोषाध्यक्ष्य पा. इसाक गजमेर (झापा), ६) सह कोषाध्यक्ष्य पा. इन्द्र योङया (पाँचथर), ७) सदस्य तथा संगठन विभाग प्रमुख रेभ. पा. निर्मल कुमार लिम्बु (झापा), ८) सदस्य तथा प्रार्थना विभाग प्रमुख रेभ. पा. डी. बी. सिलास राई (झापा), ९) सदस्य तथा संगठन विभाग सहप्रमुख पा. जगत पौडेल (झापा), १०) सदस्य तथा संचार विभाग प्रमुख एल्डर मन खुदाङ (झापा), ११) सदस्य तथा महिला विभाग सहप्रमुख राधिका शर्मा- रेबिका (झापा), १२) सदस्य तथा मण्डली समन्वय विभाग प्रमुख बिशप ज्योती थुलुङ्ग (सुनसरी), १३) सदस्य तथा युवा विभाग प्रमुख कमल हग्युस राई (सुनसरी), १४) सदस्य पा. प्रेम लुहार (सुनसरी), १५) सदस्य पा. गाईत्री प्रसाद थेबे (ताप्लेजुङ), १६) सदस्य सिमोन नाल्बो (ताप्लेजुङ), १७) सदस्य पा. रमेस सिवा (ताप्लेजुङ ), १८) सदस्य पा. भुमी तामाङ्ग (ताप्लेजुङ), १९) सदस्य पा. सुक बहादुर राई (इलाम), २०) सदस्य पा. युव राज रसाईली (इलाम), २१) सदस्य पा. दिप श्रेष्ठ (तेह्रथुम ), २२) सदस्य पा. पूणर् कन्दवा (तेह्रथुम), २३) सदस्य पा. अबिदान राई (भोजपुर ), २४) सदस्य पा. होम कणर् पुरी (भोजपुर), २५) सदस्य पा. डिकलाल राई (ओखलढुङ्गा), २६) सदस्य पा. लेखराज गुरुङ्ग (ओखलढुङ्गा) २७) सदस्य पा. प्रताप सिंह राई (खोटाङ), २८) सदस्य पा. मनोज राई (खोटाङ), २९) सदस्य पा. दिल बडो (धनकुटा), ३०) सदस्य सुनिता श्रेष्ठ (धनकुटा), ३१) सदस्य लाल बहादुर राई (सोलुखुम्बु) ३२) सदस्य उदय राज राई (सोलुखुम्बु ), ३३) सदस्य पिटर शेर्पा (सोलुखुम्बु), ३४) सदस्य पा. इन्द्र राई (उदयपुर ), ३५) सदस्य पा. निर बहादुर खपाङ्गी (उदयपुर ), ३६) सदस्य पा. शम्भु राई (संखुवासभा), ३७) सदस्य पा.गंगा मगर (संखुवासभा), ३८) सदस्य पा. रबिन बि.क (संखुवासभा ) ३९) सदस्य पा. सुमन कुरुङवङ्ग (मोरङ), ४०) सदस्य पा. विकास राई (मोरङ), ४१) सदस्य तथा महिला विभाग प्रमुख प्रेमला राई (मोरङ), ४२) सदस्य तथा कानूनी विभाग प्रमुख अधिवक्ता पिकम राई (मोरङ) र ४३) सदस्य काजिमान पौडेल (मोरङ)

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd