धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

११ औं राष्ट्रिय भेला भव्यताका साथ सम्पन्न

०३ मंसिर २०७५, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ११ औं राष्ट्रिय भेला ७ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै भव्यताका साथ महासंघका अध्यक्ष सि.बि.गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश प्रशाद तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यमा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता माननिय मोहना अन्सारीज्यूको विशिष्ट आतिथ्यमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठन कमलादी काठमाडौंमा ७७ वटै जिल्लाका प्रतिनिधि तथा पदाधिकारी लगायत विभिन्न संघसंस्था, मण्डलीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ । नेपाली मण्डलीहरुलाई आफ्नो हकहितका बारेमा आफ्नो आवाज उठाउनका लागि प्रशिक्षिण दिने, नेपाल सरकारसंग भएको ३ र ६ बुँदे सहमतिहरुलाई कार्यन्वायन गराउन प्रभावकारी रुपमा पैरवी गर्ने, राष्ट्रिय सदाचार नीति २०७५ र फौजदारी विधयक २०७४ लाई संशोधन गर्नका लागि पहल गर्ने, महासंघको कार्यलाई प्रभावकारी बनाउन ७ वटै प्रदेशहरुमा प्रदेशस्तरिय कार्यालयहरु स्थापना गर्ने, अन्तर्राष्ट्रिय सञ्जालहरुमा महासंघ आबद्ध हुने, नेपालको संविधान २०७२मा धर्मनिरपक्षतालाई गलत व्याख्य गरिएकोले संशोधनका लागि पहल गर्ने र नेपालको राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गर्दै देशै भरिका मण्डलीहरुमा जनगणना सम्बन्धि सचेतना कार्यक्रमहरु संचालन गर्ने भन्ने घोषणा–पत्रमा उल्लेख गरिएको छ । महासंघका सदस्य सचिव पा. धनराज घिमिरेज्यूले महासंघको आ.व.२०७४÷७५को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शुसिला खड्काज्यूले महासंघको आर्थिक विवरणका साथै आ.व.२०७५÷७६ को नीति तथा कार्यक्रमका साथै अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । शुरुको प्रार्थना महासैघका वरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन क्षेत्रीज्यूले गर्नुभएको थियो र सभाको संचालन महासंघका उपमहासचिव पा. उद्धव चिमोरियाज्यूले गर्नु भएको थियो । महासंघका प्रदेश प्रमुखहरुले आफ्नो प्रदेशहरुमा महासंघका गतिविदिहरुका बारेमा जानकारी गराउनुभएको थियो । मन्तव्यको क्रममा राष्ट्रिय सभाका अध्यक्षले ख्रीष्टिनहरुको जायज मागहरुलाई संबोधन गरिने बताउनु भयो । नेपालको संविधानले प्रत्यभुत गरेको तथा धर्मनिरपक्ष्यतको मर्म विपरित ख्रष्टियनहरुको आफ्नो विश्वस प्रकट गर्दैमा प्रशासनले धरपकट गरिएकोमा दुख व्यक्त गर्दै यस्तो कार्य बन्द हुनु पर्ने र आफूलाई अन्यय परेको अनुभूतिभएमा अदालतमा जान सक्ने सुझाव दिनुभयो ।

मानवअधिकारका सदस्य एंम प्रवक्त माननिय मोहना अन्सारीज्यूले मानव अधिकार सम्बन्धि विश्वव्यपि मान्यतानुरुप धार्मिक स्वतन्त्रता हुनु पर्ने, सबै धर्मवलम्बीहरुलाई समान व्यवहार गरिनु पर्ने र ख्रीष्टियनहरुको मागहरुलाई सम्बोधन गरिनु पर्नेमा जोड दिनु भयो । उद्घाटन सत्रको समापन गर्दै महासंघका अध्यक्ष सि.बि.गहतराजज्यूले स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतताका लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समवृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरी रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाका लागि महासंघ प्रतिबद्ध रहेको बताउनु भयो । नेपाल सरकारले यस वर्ष काटेको ख्रीष्टिमसको विदालाई कायम गरेरै छाड्ने, धार्मिक आयोग गठन गरेरै छाड्ने तथा नेपाली ख्रीष्टियन समुदायका समस्यहरुलाई समाधान गर्न महासंघ सँधै नै लागी पर्ने तथा मण्डलीको हितमा कार्य गरिनै रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । विश्वभरीका सबै नेपाली भाषी मण्डलीहरुलाई एकबद्ध हुनका साथै महासंघमा आबद्धहुन पनि आव्हान गर्नुभयो । राष्ट्रिय भेला २०७५को बन्द सत्रमा सबै प्रतिनिधिज्यूहरुले खुलारुपमा आफ्नो भनाईहरु राख्नुभएको थियो । रिक्त रहेका केही पदहरुलाई पनि पदपूर्ति गरिएको छ । प्रदेश ५ का प्रमुख तथा उपाध्यक्ष पा. टेक विक्रम हिताङलाई सह–अध्यक्ष तथा संघठन र मण्डली समन्वाय विभाग प्रमुख, पा. उद्धव चिमोरियालाई उपमहा–सचिव तथा प्रवक्ता, सदस्य सचिव पा. धनराज घिमिरेलाई उपमहा–सचिव, केन्द्रिय सदस्य पा. प्रेम कार्कीलाई सचिव, केन्द्रिय सदस्य पा. भुपेन्द्र राईलाई सह–सचिव, ललितपुर जिल्ला समितिका उपाध्यक्ष दानियल घलेलाई केन्द्रिय सदस्यमा महाँसंघको विधान २०६८ को दफा ४६ को उपधारा ३ बमोजिम सर्वसम्मतिका साथ मनोनयन गरिएको छ । मनोनयनभएका सबैलाई महासंघका अध्यक्ष सि.बि.गहतराजज्यूले प्रतिबद्धता गराउनु भई प्रमाण–पत्र वितरण गरिएको थियो । राष्ट्रिय भेला २०७५ का संयोजक एंम महासंघका सह–अध्यक्ष पा. तेजमान तामाङज्यूले सबैलाई धन्यवाद ज्ञापन गर्नुभई तथा अन्तिम प्रार्थना पश्चात राष्ट्रिय भेला २०७५ समापन गरिएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd