धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

हङकङ नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

४, साउन, २०७४ । २१ वर्षदेखि हङकङमा रहदै आउनुभएका हङकङ नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष तथा वेथेल मिशन मण्डलीका पाष्टर जेम्स गुरुङलाई आज राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम आफनो केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ । महासंघका केन्द्रिय महासचिव पदमनाथ पराजुलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुरुको प्रार्थना भने उपाध्यक्ष रेभ. त्रिरत्न तुलाधरले गर्नुभएको हो । प्रवक्ता एवंम उपमहासचिव पा. सागर बैजुले कार्यक्रममा महासंघको विगतका गतिविधि र हालका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो भने अध्यक्ष सि.वि. गहतराजले विश्वमा छरिएर रहेको ख्रीष्टिययन समुदायको अस्तित्व र अधिकार स्थापित गर्नको लागि महासंघको जन्म भएको हो र आउँदो दिनमा सबैलाई समेटदै अगाडी बढने कुरा बताउनुभएको थियो र आगामी दिनमा काउन्सिलसँग कसरी सहकार्य गरी एकअर्कामा समन्वयकारी भुमिका निवार्ह गर्न सकिन्छ भन्ने कुरा समेत सो कार्यक्रममा राख्नुभएको थियो । उक्त कार्यक्रममा महासंघका अध्यक्ष तथा पदाधिकारीहरुले खादा लगाएर काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङलाई सम्मान गरिएको थियो । पा. गुरुङले सम्मान पश्चात महासंघले हालसम्म गरेको कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो र आगामी दिनमा कसरी आत्मिय सम्बन्ध स्थापना गर्न सकिन्छ भन्ने बारेमा आफनो घारणा मन्तव्यको क्रममा राख्नुभएको थियो भने कार्यक्रमको अन्तिममा महासंघका उपाध्यक्ष एवंम प्रदेश नं. ६ का प्रमुख पा. पदम गैरेले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd