धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

हङकङ्गको सद्भावदुतलाई प्रमाण पत्र वितरण

            २८ मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूले हङकङ्गको सद्भावदुतमा पा. जेम्स कोरङ्गीज्यूलाई प्रमाण पत्र वितरण गर्नभएको छ । हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका सल्लाहकार रेभ. पा. राजु बराईलीज्यूले प्रमाण पत्र वाचन गरेर सुनाउनु भएको सो प्रमाण पत्र वितरण कार्यक्रमको अन्तिम प्रार्थना नेपाली होसन्ना चर्च लिमिटेडका रेभ. पा. चित्र सुनार र काउन्सिलका सल्लाहकार रेभ. पा. युक्तमान गुरुङज्यूले गर्नुभएको थियो । हङकङ्गका सद्भावदुत पा. जेम्स कोरङ्गीज्यू हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष समेत हुनुहुन्छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd