धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सेवक नेतृत्व तालिम सम्पन्न

२०७९ भदौ २४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल केन्द्रिय महिला बिभागको आयोजनामा डेभलम्पमेन्ट एसोसिएट इनीसेटीप्स् नेपाल संस्थाको समन्वयमा चार दिने (२०७९ भदौ २० देखि २३) तालिम गोदावरीमा सम्पन्न भएको थियो । तालिममा महासंघको केन्द्रिय महिला बिभाग र प्रदेश महिला बिभागका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । तालिममा सेवक नेतृत्व, असल अगुवाहरुको सफलता र असफलता, म को हुँ, प्रभावकारी नेतृत्वको विषयमा सिकाउनु भएको थियो । त्यस तालिमको सहजीकरण डेभलम्पमेन्ट एसोसिएट इनीसेटीप्स् नेपाल संस्थाकोे निर्देशक ए. नारायण खड्का र राष्ट्रिय संयोजक नविन अर्यालले गर्नुभएको थियो । केन्द्रिय महिला विभाग प्रमुख डोमा राईले तालिममा सहभागी सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd