धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सुदूरपश्चिम प्रदेश भेला, विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२६ असार २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सुदूरपश्चिम प्रदेश भेला, विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम महासंघका संस्थापक तथा संरक्षक सी.बी. गहतराजज्यूको प्रमुख आतित्थ्य र महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यूको विशिष्ठ आतित्थ्यमा सफलता पूर्वक सम्पन्न गरेको छ ।

 

महासंघका केन्द्रिय पदाधिकारीहरु, सुदूरपश्चिमका ९ वटै जिल्लाका कार्य समिति पदाधिकारीहरु र ५०० जना भन्दा बढि पाष्टर, अगुवा, विश्वासी लगाएत पत्रकारहरुको उपस्थितिमा आयोजित प्रदेश भेलाले प्रदेश समिति गठन गर्नुको साथै रेभ. डा. नरी राम लुहार (बिनोद) लाई प्रदेश प्रमुख चयन गरेको छ । कार्यक्रममा संस्थापक तथा संरक्षक सी.बी गहतराजले महासंघको उदेश्य, पृष्ठभुमि, भावी योजनाबारे प्रस्ट गर्नुका साथै नव मनोनित तथा पदउन्नती भएका पदाधिकारीहरुलाई खादा लगाएर स्वागत गर्नुभयो भने कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नुको साथै आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

 

बैठकको संचालन केन्द्रिय सदस्य पा. रमिला आचार्यले गर्नुभएको थियो भने आराधनाको अगुवाई कैलाली जिल्ला युवा अध्यक्ष आमोस बि.क. र समुहले गर्नु भएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख रेभ.डा. नरिराम लुहार (बिनोद)ले सबैलाई स्वागत गर्नु भएको थियो । महासंघका उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख रेभ.डा. नरिराम लुहार (बिनोद)ले भेलामा सहभागिहरुलाई धन्यवाद दिएर अन्तिम प्रार्थनाद्वारा बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd