धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न

६ भदौ २०७८ (आइतबार) सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन महासंघका उपाध्यक्ष पा. जितेन्द्र ताम्राकारको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना पा. पदम सिंह भाटले गर्नु भएको थियो भने आराधनाको अगुवाई अगुवा सेर कैनी र समुहले गरेका थिए । महासंघका सल्लाहकार रेभ. पा. एलिया प्रधानले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, सुदुरपश्चिम प्रदेशका पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

अध्यक्ष सी.बी. गहतराजले ब्यानर बाचन गरेर भेलाको उद्घाटन गर्नु भएको थियो भने सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रिता थापा मगर काबोले महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो । उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख पा. जितेन्द्र ताम्राकारले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै सुदुरपश्चिम प्रदेशको समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता उपाध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो र सदस्यहरु केन्द्रिय प्रार्थना विभाग सहप्रमुख पा. आशा राई, केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राई रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता उपाध्यक्ष अधिवक्ता भबिन्द्र राईले गर्नुभएको थियो । निर्वाचन मण्डलमा उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया र सचिव चित्ररेखा ओझा रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले पा. जितेन्द्र ताम्राकार प्रदेश प्रमुख सहितको २८ सदस्सीय पदाधिकारीहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता भबिन्द्र राईले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष सी.बी. गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले नव निर्वाचित पदाधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन पा. करन कैनीले गर्नुभएको थियो भने अगुवा सरस्वती ताम्राकारले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुको काम, कर्तब्यको बारेमा उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले प्रस्ट्याउनु भएको थियो । महासंघका केन्द्रिय पदाधिकारी लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख पा. जितेन्द्र ताम्राकारले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागी पर्ने घोषणा गर्दै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख ए. बिष्णु परियारले नव निर्वाचित पदाधकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थना गर्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेशको नव निर्वाचित पदाधिकारीहरुका नामावलीहरुः १) प्रदेश प्रमुखः पा. जितेन्द्र ताम्राकार (डडेलधुरा), २) उप-प्रमुखः पा.बिरकेश सुनार (कैलाली), ३) उप-प्रमुखः अगुवा सर्मिला ताम्राकार (डडेलधुरा), ४) उप-प्रमुख तथा संघठन विभाग प्रमुख ः रेभ. डा. नरिराम लुहार (बिनोद) (कञ्चनपुर), ५) सचिव ः पा. करन कैनी (डडेलधुरा), ६) सहसचिवः पा. दिल तामाङ्ग (कञ्चनपुर), ७) कोषाध्यक्षः पा. शेर बहादुर ताम्राकार (डडेलधुरा ८) चर्च समन्वय विभाग प्रमुखः पा. गर्भलाल तामाङ्ग (डोटी), ९) चर्च समन्वय विभाग उपप्रमुखः पा. मनोज आचार्य (एलेन) (कैलाली), १०) महिला विभाग प्रमुख ः अगुवा यसोदा ताम्राकार (डडेलधुरा), ११) प्रार्थना विभाग प्रमुखः अगुवा बलदेब नाइक (बैतडी), १२) प्रदेश सदस्यः पा. मान बहादुर बि.क.(अछाम), १३) प्रदेश सदस्यः पा. अम्मो चुदारा (बाजुरा) १४) प्रदेश सदस्यः पा. धन बहादुर बि.क.(बझाङ्ग), १५) प्रदेश सदस्यः पा. सन्तोष सुनाम (दार्चुला) १६) प्रदेश सदस्यः पा. जितराज भट्ट (डडेलधुरा), १७) प्रदेश सदस्यः पा. नवराज बि.क.(अछाम) १८) प्रदेश सदस्यः पा. पन्चराम राना (कैलाली) १९) प्रदेश सदस्यः पा. मदन एस.के.( बझाङ्ग) २०) प्रदेश सदस्यः मैया कैनी (कैलाली) २१) प्रदेश सदस्यः अगुवा उत्तरराम टमटा (दार्चुला) २२) प्रदेश सदस्यः पा. लोक बहादुर सुनार (डोटी) २३) प्रदेश सदस्यः पा. प्रमोद नेपाल (बाजुरा) २४) प्रदेश सदस्यः पा. सुरेश नेपाली (बैतडी) २५) प्रदेश सदस्यः पा. केशब ताम्राकार (डडेलधुरा) २६) प्रदेश सदस्यः पा. सनाज चौधरी (कञ्चनपुर) २७) प्रदेश सदस्यः पा. गणेश चौधरी (कैलाली) २८) प्रदेश सदस्यः अगुवा हरिस ताम्राकार (कैलाली)

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd