धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनामा एक भएर लाग्न महासंघको आह्वान

५ असार २०७४, काठमाण्डौँ । आज राष्ट्रिय ख्रीष्टिय महासंघ, नेपालले बुढानिलकण्ठ स्थित सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनाको सम्बन्धमा वेथशालोम पुतलीसडक मण्डलीमा वृहत प्रार्थना सभा भव्यतताका साथ सम्पन्न गरेको छ । महासंघका केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीले सञ्चालन र रेभ. एलिया प्रधानले सुरुको प्रार्थना गर्नुभएको सो प्रार्थना सभामा आराधनाको समय भने प्रार्थना विभागका प्रमुख देउमाया तामाङ र उहाँको समुहले गर्नुभएको हो । सभामा सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनाको सम्बन्धमा महासंघबाट प्रकाशित विज्ञप्ती प्रवक्ता एवंम उपमहासचिव पास्टर सागर बैजुले सभामा प्रस्तुत गरि वाचन गर्नुभएको थियो भने घटनाको विस्तृत जानकारी (टुसाल) चर्चका पास्टर जीवन बस्नेतले गर्नुभएको थियो । महासंघले सिलोआँम टुप्पेक (टुसाल) चर्चको पुननिर्माणको लागि सहयोग भेटी पनि उठाएको थियो भने उक्त प्रार्थना सभामा नेपाली इसाई मण्डली गोंगबुका पास्टर तथा नेपाल ख्रीष्टियन समाजका केन्द्रिय अध्यक्ष वर्णवास श्रेष्ठले प्रार्थना सभामा उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो । महासंघका सह–अध्यक्ष रिता थापा मगर, सह–अध्यक्ष रेभ. शामुएल सोदेम्बा, उपाध्यक्ष रेभ. काजीरत्न मर्हजन, महिला विभाग प्रमुख डोमा राई, सल्लाहकार पास्टर जगत प्रधान लगाएतले विभिन्न विषयहरुमा प्रार्थना अगुवाई गर्दै पीडित मण्डली परिवारलाई समेत प्रार्थना गरिएको उक्त कार्यक्रममा अन्तिम प्रार्थना भने महासंघका केन्द्रिय अध्यक्ष सि.वि गहतराजले उत्साहका शब्द दिँदै धन्यवाद साथ सभाको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd