धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सिन्धुपाल्चोक प्रार्थना समिति गठन सम्पन्न

२०७९ असोज ११ (मंगलबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभागका प्रमुख देवमाया तामाङ लगायत सहअध्यक्ष, उपाध्यक्ष र सहकोषाध्यक्ष लगायतको अगुवाईमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका जलविरेमा बिभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुको उपस्थितीमा ११ सदस्यीय प्रार्थना समिति गठन भएको छ । समितिका पदाधिकारीहरु निम्न रहेका छन् । १.प्रार्थना विभाग अध्यक्ष दिनेश कुमार खड्का (टारी), २. उपाध्यक्ष केशब रोक्का (फेदी), ३. कोषाध्यक्ष सहदेब सिलवाल (सेलाङ), ४. सचिव आशिष भण्डारी (टारी), ५. अनिता नेपाली–सदस्य (चनौटे), ६.कृष्ण बि.क.–सदस्य (टारी), ७.गंगा बहादुर श्रेष्ठ–सदस्य(हिले), ८. चन्द्र बहादुर बिसुन्के–सदस्य (कुनीगाऊँ), ९.सुरेन्द्र तामाङ–सदस्य(बराम्चे), १०.धन बि.क.–सदस्य (बराम्चे), ११.रुथ पराजुली–सदस्य(लामुसाखु) रहेका छन् । कार्यक्रम संचालन तथा प्रार्थना विषयको जानकारी केन्द्रिय सह कोषाध्यक्ष घनश्याम राजथलाले गर्नुभएको थियो । भने वचन सहअध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले उत्साहपुर्ण वचन बाड्नुभएको थियो । प्रार्थना विभागको उदेश्य, भावी योजना प्रार्थना विभाग प्रमुख देवमाया तामाङले स्पष्ट पार्नुभएको थियो । उपाध्यक्ष पा. आशा राईले प्रार्थना जागृतीको लागि उत्साह दिनुभएको थियो । महासचिव चित्ररेखा ओझाले महासंघको योजना, उदेश्य साथै सरकारसँग भएका ३ बुँदे र ६ बुँदे सहमती बारे स्पष्ट पार्नुभएको थियो । स्थानिय मण्डलीका पा. भुपेन्द्र भण्डारीले सम्पुर्ण उपस्थित पाष्टर अगुवाहरुलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd