धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साप्ताहिक प्रार्थना सम्पन्न

मंसिर ११, २०७६ नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना विभिन्न मण्डलीको पाष्टर, अगुवा र विश्वासीहरुको उल्लेखनीय सहभागीता साथ महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । राष्ट्रिय ख्रीष्ट्रियन महासंघको उप–महासचिव एबम् प्रबक्ता रेभ. उद्धव चिमोरियाले परमेश्वरले हाम्रो परिवार, समाज र देशमा भएका सबै खराबीलाइ हटाइदिनुहुन्छ र हामीमा भएका खराबीलाइ हटाएर हामीलाइ नयाँ बनाउनुहुन्छ साथै अबका दिनमा सामाजिक संजाल जस्ता अन्य मिडियामा बिताउने समयलाइ पछी राखेर हामीले परमेश्वरलाई समय दिनुपर्छ भन्ने जोसिलो, उत्साह र चुनौतीपुर्ण बचन दिनुभयो । उक्त प्रार्थनाको संचालन सदस्य सचिव पा. कर्णलाल पाण्डेले गर्नुभयो भने स्तुती प्रशंसाको अगुवाइ ललितपुर युवा विभागको सचिव दिनेश चौधरीले गर्नुभएको थियो । र नेपाल राष्ट्रको लागि विभिन्न विषयक प्रार्थनामा महासंघको कर्मचारी सुमनले अगुवाइ गर्नुभयो साथै अन्य विभिन्न विषयको प्रार्थनामा सहभागी पाष्टर, अगुवा र विश्वासीहरुले गर्नुभयो । सो प्रार्थनाको समापन केन्द्रिय महिला विभाग प्रमुख डोमा राईले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd