धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साप्ताहिक प्रार्थना सम्पन्न

मंसिर ४, २०७६ नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना विभिन्न मण्डलीको पाष्टर, अगुवा र विश्वासीहरुको उल्लेखनीय सहभागीता साथ महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । राष्ट्रिय ख्रीष्ट्रियन महासंघको उप–महासचिव पा.धनराज घिमिरेले नुन र ज्योतीकोे हाम्रो जीवनमा जसरी महत्वपुर्ण छ त्यसरी नै हामी नुन र ज्योती झैँ बन्नुपर्छ भन्ने उत्साहपुर्ण बचन दिनुभयो र नेपाल राष्ट्रको लागि विभिन्न विषयक प्रार्थनामा केन्द्रिय सदस्य चित्र रेखा ओझाले अगुवाइ गर्नुभयो साथै अन्य विभिन्न विषयक प्रार्थनामा सहभागी पाष्टर, अगुवाहरुले गर्नुभयो । सो प्रार्थनाको समापन पा. हरी तामाङ्गले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd