धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साप्ताहिक प्रार्थना सम्पन्न

कार्तिक २०, २०७६ नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना विभिन्न मण्डलीको पाष्टर, अगुवाको उल्लेखनीय सहभागीताको साथ महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । रौतहट जिल्ला अध्यक्ष पा.दिपक राई र प्रदेश नं १ को सहसचिव पा. डिल्लीराम पौडेलीले परमप्रभुमा आज्ञाकारीता र इमान्दारीतामा रहेर परमप्रभुमा हामीले निरन्तर प्रार्थनामा लागी रहनु पर्छ भन्ने परमेश्वरको बचनद्धारा उत्साह दिनुभयो । केन्द्रिय सदस्य चित्ररेखा ओझाले प्रार्थनाको संचालन साथै आराधनामा सुजन रिजाले सहायता गर्नुभयो । नेपाल राष्ट्रको लागि विभिन्न विषयक प्रार्थना केन्द्रिय सदस्य पा. लालुथापाले सहायता साथै सहभागी सम्पुर्णलाइ धन्यबाद, प्रार्थनाको समापन उपाध्यक्ष पा. बाबुराम हिङमाङले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd