धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सातै प्रदेशमा प्रार्थना अभियान सुरु

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कमिटीको बैठक २४ बैशाख २०७८ (शुक्रबार) महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । बैठकमा महासंघका अध्यक्ष, सह-अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाली ख्रीष्टियन समुदायको स्थिति, २०२१ सम्बन्धमा परियोजना संयोजक पा. धनराज घिमिरेले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कानूनि सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्गले परियोजनाको महत्व र आवश्यकता बारे प्रस्ट्याउनु भएको थियो । सहअध्यक्ष तथा संगठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गले सातै प्रदेशमा प्रार्थना तथा साङ्गठनीक अवस्था बारे जानकारी गराउनु भएको थियो भने सहअध्यक्ष रिता थापा मगर काबोको अन्तराष्ट्रिय सम्बन्धको विषय जानकारी बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

 

प्रस्तावित छलफल माथि सह-अध्यक्ष, प्रदेश प्रमुखहरु र केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो । सातै प्रदेशमा प्रार्थना अभियान सुरु गर्ने जस्तै प्रदेश १ मा सोमबार, प्रदेश २ मा मंगलबार, बागमती प्रदेशमा बुधबार, गण्डकी प्रदेशमा बिहिबार, लुम्बिनी प्रदेशमा शुक्रबार, कर्नाली प्रदेशमा शनिबार र सुदुरपश्चिम प्रदेशमा आइतबार गर्ने निणर्य गरिएको छ भने जुमबाट सातै प्रदेशमा बैठक सम्पन्न गर्ने र प्रदेश १, ३ र ५ मा प्रदेश स्तरिय अधिवेशन जुमबाट नै गर्ने निणर्य भएको छ । उक्त कार्यहरु अगाडी बढाउन र सम्पन्न गर्न सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गलाई जिम्मा प्रदान गरियो भने प्रवक्ता तथा उपमहासचिव रेभ. पा. उद्धव चिमोरिया, सचिवालय संयोजक रेभ. पा. प्रेम कार्की र सचिव विष्णु परियार तथा संघठन विभागका पदअधिकारीहरुलाई सहायकको भुमिका रहने गरी निणर्य गरिएको छ । लुम्बिनी प्रदेशमा २०७८ बैशाख २७ गते सोमबार प्रार्थना अभियानको उद्घाटन गर्ने जानकारी गराइएको छ ।

बैठकको संचालन सचिव विष्णु परियारले गर्नुभएको थियो भने सुरुको प्रार्थना सह-अध्यक्ष पाष्टर तेजमान तामाङ्गले गर्नुभएको थियो । आराधनाको अगुवाई सहसचिव चित्ररेखा ओझाले गर्नु भएको थियो भने उपमहासचिव तथा प्रवक्ता रेभ.उद्धव चिमोरियाले सबैलाई स्वागत गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको सथै चुनाउती पनि दिनुभयो । सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले बैठकको विषय प्रस्तुत गर्नुभएको थियो भने मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले विश्वमा रहेको नेपाली भाषी मण्डलीका अगुवाहरु र विश्वासीहरुको शुस्वास्थ्यको निम्ति प्रार्थना गर्नुभएको थियो ।

महासंघ अध्यक्ष सी.बी.गहतराजले सहभागिहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो भने सह-अध्यक्ष रेभ.पा. रिन्जी लामाले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd