धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साङ्ले प्रार्थना शुरू

८ चैत २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले अाजदेखि दैनिक साङ्ले प्रार्थना सुरू गरेकाे छ । महासंघका महासचिव पास्टर पदमनाथ पराजुलीज्यूकाे प्रार्थनाबाट शुरू भएकाे साङ्ले प्रार्थनामा उत्साहपूर्ण वचन महिला विभागका अध्यक्ष डाेमा रार्इज्यूले दिनुभएकाे थियाे । साे साङ्ले प्रार्थनामा ख्रीष्टियन समुदायकाे राष्ट्रिय सरोकारका विषयहरू र मण्डलीको सुरक्षा, महासंघ लगायत राष्ट्रको निम्ति प्रार्थना गरिएको थियो l साङ्ले प्रार्थनाको अगुवाई पा. आशा राईज्यूले गर्नु भएको थियो भने संचालन प्रार्थना विभागको उपप्रमुख पा. प्रेमा राईज्यूले गर्नुभएको थियो l त्यसैगरी अन्तिम प्रार्थना डोमा राईज्यूले गर्नुभएको थियो l महासंघमा आवद्ध ४० भन्दा बढी मण्डलीको अगुवाईमा संचालित प्रार्थना अब हरेक दिन दैनिक रुपमा संचालन हुनेछ l साथै प्रार्थना विभागले दैनिक प्रार्थनामा सम्पूर्ण मण्डलीहरूलाई सहभागीताको लागि अनुरोध गरिएको छ l

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd