धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सल्यानस्थित थुनामा परेका अभियुक्तका छोराछोरीलाई महासंघले “ज्योतिको घर नेपाल” लाई हस्तान्तरण |

आज सोमबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको पहलमा सल्यानस्थित थुनामा परेका अभियुक्त आमा गंगा परियार र बुवा रुपलाल परियारको ८ वर्षको छोरा शामुएल परियार र ९ वर्षकी छोरी रिता परियारलाई महासंघको कार्यालय मानभवनमा पत्रकार सम्मेलन गरि “ज्योतिको घर नेपाल” लाई हस्तान्तरण गरिएको छ । महासंघको संरक्षण रहने गरि बच्चाहरूलाई बालगृहमा सम्पूर्ण लालनपालनको व्यवस्था गरिएको हो । “ज्योतिको घर नेपाल” का निर्देशक राजजंग कुवर र होस्टेल इन्चार्ज बिक्रम तामाङलाई जिम्मा लगाइएको हो । सोही क्रममा महासंघका केन्द्रीय सदस्य बल बहादुर ताम्राकारले नानीहरूको अवस्थाको बारेमा जानकारी गराएका थिए भने प्रदेश नं. ६ का प्रमुख पा.पदम गैरेले सुनियोजित तरिकाले सोझासाझा व्यक्तिहरूलाई झुटो मुद्दामा फसाएको बताउनुभयो । लामो समयसम्म नाताले काका पर्ने बुद्धिराज परियारले नानीहरूलाई हेरविचार गर्दै आइरहनु भएतापनि नानीहरूको हेरचाहको लागि दुईहजार बाहेक कतैबाट पनि सहयोग नपाएको उहाँले बताउनु भएको भयो । सल्यानको कुपिन्ड़े गा.वि.स. वडा नं ४ मा घटेको उक्त घटनालाई सुर्खेतस्थित उच्चस्तरीय अदालमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मुद्धा दर्ता गरिएको छ र सो मुद्धाको बारेमा चाडैं सुनुवाई हुने बताईएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd