धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सल्यानमा थुनामुक्त भएकाहरुका लागि धन्यवाद, प्रार्थना सहित भव्य स्वागत

७ असोज २०७४, भैरहवा । रुपन्देही जिल्लाको भैरहवा गोस्पल ख्रीष्टियन संगतिमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल ५ नं प्रदेश प्रमुख पा टेक विक्रम हिताङ्गको संयोजकत्वमा विभिन्न जिल्लाका अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, रुपन्देहीका विभिन्न जिल्ला अध्यक्ष सहित स्थानीय मण्डलीका ५ सय पाष्टर अगुवाहरुको व्यापक उपस्थितमा सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट रुपलाल परियार, गंगा परियार र बिमकली बुढालाई थुनामुक्त गरिएको अवसरमा आज माला लगाएर भव्य स्वागत सहित वृहत धन्यवाद तथा प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ । थुनामुक्त भएका ५ जना प्रभुका जनहरुले परमेश्वरले गर्नुभएको आश्चर्य कामको विषयमा गवाही भनेर उपस्थित सबैलाई उत्साहित बनाउनु भएको थियो । साथै उहाँहरुको आत्मिक, आर्थिक तथा नीतिगत व्यवस्थापनको लागि प्रार्थना सबै पाष्टर अगुवाहरुले गर्नुभएको थियो भने प्रार्थनाको अन्तिम भने पा. भरत जि.सी. ले गर्नुभएको थियो । त्यसैगरी थुनामुक्त गराउनको अवस्था, स्थित र ख्रीष्टियन समुदायको चुनौती विषयमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सी.वी.गहतराजले जानकारी गराउनुभएको थियो भने अन्तिम धन्यवाद तथा प्रार्थना महासंघका महासचिव पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd