धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सर्वसम्मतीका साथ राजीनामा स्वीकृत

२२ असोज २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजज्यूको अध्यक्षतामा प्रदेश प्रमुख समेतको उपस्थितीमा विशेष कार्यकारी समितिले गत भाद्र १० गतेका दीन महासंघका अध्यक्ष समक्ष पेश गरीएको राजीनामाका सन्दर्भमा वृहत छलफल गरी सबैको राजीनामा सर्वसम्मतीका साथ स्वीकृत गरीयो । उहाँहरूले महासंघलाइ लगाउनु भएका सम्पूण आरोपहरू कुनै पनी सत्य नभएको र राजीनामा दिनका लागी कुनै बाहना चाहीएकोले बिना प्रमाण, कपोलकल्पीत तथा भ्रम सृजना गरीएको र आवेगमा आइ राजीनामा दिनुभएको हो भन्ने महासंघको ठहर छ । अउने दिनमा उहाँहरूको प्रार्थना, सहयोग तथा सहकार्यको अपेक्षा महासंघले गरेको छ साथै उहाँहरूले पदमा रहेर गर्नु भएको योगदानलाई महासंघ धन्यवाद तथा आभार प्रकट गर्दछ । कुनै प्रकारको भ्रममा नपरी महासंघका लागी निरन्तर प्रार्थना, सहयोग तथा महासंघमा सहभागिताका लागी सबै नेपाली मण्डली तथा दाजुभाइ दिदीबहीनीहरूलाइ महासंघ अनुरोध गर्दछ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd