धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

समिक्षा बैठक सम्पन्न

२१ असार २०७५, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागका प्रमुख तथा केन्द्रिय उपाध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा हिजो विभागको बैठक सम्पन्न भएको छ । बैठकमा १७ गते आइतबार विभागको आयोजनामा महासंघमा आवद्ध काठमाण्डौ र ललितपुर उपत्यकाका विभिन्न मण्डलीहरुबाट महिला दिदीबहिनीहरुको उपस्थितीमा सम्पन्न “तपाईको भावनासँग जिउनु” विषयक १ दिने तालिमको सम्बन्धमा समिक्षा गरिएको थियो । तालिमले महिला दिदीबहिनीहरुलाई मण्डली र सेवकाईमा खेल्नु पर्ने भुमिका र त्यसको परिचालन गर्न, महिला दिदीबहिनीहरुको परिपक्कता र सक्षम महिला अगुवा बन्न अभिप्रेरित गर्न मद्धत पुगेको बैठकले निष्कर्ष निकाल्दै आगामी दिनमा यस्ता प्रशिक्षण कार्यक्रम, अभिमुखिकरण तालिम लगायतका तालिमहरु जो महिला दिदीबहिनीहरुको आर्थिक स्तर र सक्षम तथा असल महिला अगुवापनमा मद्धत पु-याउने विभिन्न तालिमहरु दिँदै जाने निर्णय गरेको छ । बैठकको सुरुको प्रार्थना काठमाण्डौँ महिला विभागका सचिव रेखाज्यूले गर्नुभई त्यसको संचालन र समापनको अन्तिम आशिषको प्रार्थना विभागका केन्द्रिय अध्यक्ष डोमा राईज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd