धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

समाधि स्थल अध्ययन तथा व्यवस्थापनको लागि कार्यदल गठन

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक आज २०७८ साल जेठ २५ गते (मंगलबार) महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । बैठकमा महासंघका अध्यक्ष, सह-अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

विधान संसोधन र विभागिय निर्देशिका प्रस्तावित मस्यौदा तयार र यसको औचित्य सम्बन्धमा सहअध्यक्ष पा. टेक विक्रम हिताङ्गले प्रस्ताव पेश गर्नु भएको थियो भने मानव अधिकार तथा कानूनी साक्षरता सम्बन्धमा कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्गले यसको महत्व र आवश्यकता बारे प्रस्ट्याउनु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम रिक्त पद पूर्तिका लागि ६ जनाको मनोनयन प्रस्ताब पेश गर्नु भएको थियो ।

१ नं प्रदेश र लुम्बिनी प्रदेशमा अधिवेशन सफल भएकोमा परमेश्वरलाई धन्यवाद दिदैँ पूर्व पदअधिकारीहरुलाई धन्यवादका साथै नव निर्वाचित पदअधिकारीहरुलाई बधाई प्रस्ताब बैठकले परित गरेको छ । (COVID-19) कोरोना भाईरस महामारीमा परी ज्यान गुमाउनु भएका पाष्टर, अगुवा र विश्वासीहरुमा समबेदना प्रकट प्रस्ताब पारित गर्नुका साथै कोरोना भाईरस महामारीबाट संकमित भई उपचार गराईरहनु भएका पाष्टर, अगुवा र विश्वासीहरुको शुस्वास्थ्य लाभको कामना प्रस्ताब बैठकले पारित गरेको छ । १ नं प्रदेशका नव निर्वाचित प्रमुख रेभ. पा. एनोस गजमेर र लुम्बिनी प्रदेशका नव निर्वाचित प्रमुख ए. विष्णु परियारले प्रदेशको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष रेभ. पा. कृष्ण परियारले २०७८ साल जेठ ३० को दिन बागमती प्रदेशको अधिवेशन भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत हुने जानकारी गराउनु भयो ।

प्रस्तावित छलफल माथि सह-अध्यक्ष, प्रदेश प्रमुखहरु र केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो । सातै प्रदेशमा कोरोनामा परेका पाष्टर, अगुवाहरु र विश्वासीहरुको अवस्थाको अध्ययन तथा अनुगमनका लागि सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग, उपाध्यक्ष रेभ. पा. सोनाम काबो सचिव रेभ. पा. प्रेम कार्की र केन्द्रिय सदस्य पा. आमेन थापालाई जिम्मेवारी प्रदान गरिएको छ भने विधान संसोधन र विभागिय निर्देशिकाको मस्यौदा तयार गर्न कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्गलाई मुख्य भूमिकामा, सहअध्यक्ष रिता थापा मगर काबो, सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग र अध्यक्ष सी.बी. गहतराजलाई जिम्मेवारी प्रदान गरिएको छ । मानव अधिकार तथा कानूनी साक्षरता सम्बन्धी कार्यक्रम देशै भरी आयोजना गर्न सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग र कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्गलाई जिम्मेवारी प्रदान गरिएको छ । समाधि स्थल बारे अध्ययन र जग्गाको नीतिगत व्यवस्था गर्न उपाध्यक्ष अधिवक्ता भविन्द्र राईको संयोजकत्व, उपाध्यक्ष रेभ. पा. कृष्ण परियार, उपमहासचिव रेभ. पा. उद्धव चिमोरिया, कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्ग र ज्ञानेन्द्र राज सापकोटा रहने गरि ५ सदस्य समितिको कार्यदल गठन गरिएको छ भने आजैको मितिले आवश्यक कार्यहरु अगाडी बढाउन पनि निर्देशन दिएको छ । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम रिक्त पद पूर्तिका लागि पेश गर्नु भएकोे मनोनयन प्रस्ताब केन्द्रिय सदस्य पा. सोनाम काबोलाई उपाध्यक्ष पदमा, सहसचिव चित्ररेखा ओझालाई सचिव पदमा, केन्द्रिय सदस्य पा. करण सिलवाललाई सहकोषाध्यक्ष पदमा, प्रवासी तथा गैह्र आवासिय विभाग सहप्रमुख रेभ. डा. प्रकाश मेघी गुरुङ्गलाई केन्द्रिय सदस्य पदमा, केन्द्रिय महिला विभाग उपप्रमुख सुजना बस्नेतलाई केन्द्रिय सदस्य पदमा र लुम्बिनी प्रदेश महिला विभाग प्रमुख पा. चन्द्रा हिताङ्गलाई केन्द्रिय सदस्य पदमा सर्बसम्मतीले मनोनयन गरिएको छ ।

बैठकको संचालन उपमहासचिव रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना सहअध्यक्ष रेभ. पा. रेन्जी लामाले गर्नुभएको थियो । आराधनाको अगुवाई केन्द्रिय सदस्य अनिल राईले गर्नु भएको थियो भने सहअध्यक्ष रिता थापा मगर काबोले सबैलाई स्वागत गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । सचिव रेभ. पा. प्रेम कार्कीले बैठकको विषय प्रस्तुत गर्नुभएको थियो ।

महासंघ अध्यक्ष सी.बी.गहतराजले सहभागि सबै पदअधिकारीहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd