धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

समाधिस्थल पाउनुपर्ने ख्रीष्टियन समुदायको माग

काठमाडौँ : विभिन्न राजनीतिक दलका नेता तथा मानवाधिकारकर्मीले संविधानले धर्म निरपेक्षताको व्यवस्था गरिसकेका सन्दर्भमा ख्रीष्टियन समुदायले मृत्युसंस्कार गर्न समाधिस्थल पाउनुपर्नेमा जोड दिनुभएको छ।

ख्रीष्टियन समुदायको पुनरुत्थान ९इस्टर पर्व० का अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधानले सबैलाई समान अधिकार प्रदान गरेको भए पनि ख्रीष्टियन समुदायका लागि समाधिस्थल नहुनु विडम्बना भएको बताउनुभयो।

संविधान निर्माणपछि राज्यले एक धर्मलाई प्रोत्साहन गर्ने र अर्कोलाई हेला गर्ने अवस्था कानुनतहः अन्त्य भएको बताउँदै उहाँले संविधानले प्रदान गरेका कानुनी हकअधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले स्वेच्छिक रुपमा सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार भएको बताउँदै सबै जातजाति, धर्म संस्कृतिलाई सँगै लिएर जानसके मात्र मुलुक समृद्धि हुने धारणा व्यक्त गर्नुभयो।

नेकपा ९माओवादी केन्द्र० का पोलिटब्युरो सदस्य कृष्ण केसीले नेपाल सबै जातजाति भाषा संस्कृतिको साझा फूलबारी भएको बताउँदै सबै धर्मले आफ्नो संस्कृति र परम्परा समान रुपमा मान्न पाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मानवाधिकारकर्मी डा कपिल श्रेष्ठ, महासङ्घका अध्यक्ष सिबी गहतराज, महासचिव पदमनाथ पराजुलीलगायतले सरकारकातर्फबाट सबै जातजाति, भाषा, संस्कृति, धर्मलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd