धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सप्ताहव्यापी भेला: नवलपरासी जिल्ला भेला सम्पन्न

१९ माघ, नवलपरासी । राष्ट्रिय ख्रीष्टियन महासंघ,नवलपरासी र सुनवल नगर इसाई समुदायको संयुक्त आयोजनामा नवलपरासीको सुनवलस्थित योन्सेई ब्याप्टिष्ट चर्चमा राष्ट्रिय ख्रीष्टियन महासंघ,नेपालको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार रुपन्देहीबाट प्रारम्भ भएको जिल्ला भेला को दोस्रो दिन पहिलो चरणमा नवलपरासीमा जिल्ला अध्यक्ष पास्टर सुमन दर्लामीको सभापतित्व र केन्द्रीय अध्यक्ष सि बि गहतराजज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नवलपरासी जिल्ला इसाई समुदायका सचिव पास्टर सद्रक तामाङले नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष मार्फत केन्द्रीय अध्यक्ष गहतराजलाई ९ बुँदे अनुरोध पत्र पेश गर्नु भयो । अनुरोधपत्रमा विशेषगरी जिल्ला समितिलाई अधिकार सम्पन्न बनाउन माग सहित मण्डलीलाई सुरक्षा संयन्त्रबाट बेलाबेला आउने सोधखोज प्रक्रिया व्यवस्थित गर्न महासंघले पहल गर्न अनुरोध सहितको ९ बुँदे माग समावेश छन् । अनुरोध पत्र बुझ्दै अध्यक्ष गहतराजले ख्रीष्टियन समुदायलाई स्वाभिमानी र अधिकार सम्पन्न बनाउने अभियानमा महासंघ रहेकाले अब डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गहतराजले महासंघले ख्रीष्टियन मण्डलीहरुको नीतिगत व्यवस्था, धार्मिक गुठी मार्फत मण्डली सम्पत्ति र दायित्वको सुरक्षाको निर्णय सरकारबाट गराएरै छाड्ने बताउनुभयो । विभिन्न मिडियामा अन्तरवार्ता दिने बेला आफूले ख्रीष्टियन समुदायमाथि लाग्ने आरोपको खण्डन गरेको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “मलाई विभिन्न टेलिभिजन,रेडियोहरुमा अन्तर्वार्ता दिन जाँदा गरेको पटक ख्रीष्टियन विदेशी धर्म हो, डलर खाएर आरोप लगाउने, नेपाली सँस्कार मास्ने जस्ता प्रश्नको सामना गर्नुपरेको छ । प्रश्न को जवाफ मैले डटेर दिने प्रयास गर्छु । तर के यो मेरो लागि मात्रै गरिएको प्रश्न हो त ? यो सम्पूर्ण ख्रीष्टियन समुदायमाथि सोधिएको प्रश्न हो ।” अध्यक्ष गहतराजले यी आरोप को डटेर सामना गर्न महासंघलाई सबैको प्रार्थना, साथ र सहकार्यको जरुरी रहेको भन्दै महान अभियानमा मिलेर अघि बढ्न अनुरोध गर्नुभयो ।

   

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महसंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यूले महासंघ सबै नेपाली ख्रीष्टियनहरुको हक र अधिकारको पक्षमा आवाज उठाउने केन्द्र भएको बताउनुभयो । सह-अध्यक्ष हिताङ्ले सरकारसँग महासंघले गरेको ३ बुँदे, ६ बुँदे सहमतिको कार्यान्वयन गर्न नेपाली ख्रीष्टियन समुदायले साथ दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

   

शुभकामना मन्तव्य राख्दै महसंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यूले महासंघ सबै नेपाली ख्रीष्टियनहरुको हक र अधिकारको पक्षमा आवाज उठाउने केन्द्र भएको बताउनुभयो । सह-अध्यक्ष हिताङ्ले सरकारसँग महासंघले गरेको ३ बुँदे, ६ बुँदे सहमतिको कार्यान्वयन गर्न नेपाली ख्रीष्टियन समुदायले साथ दिन जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महासंघका उप महासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, जिल्ला अध्यक्ष पास्टर लेक बहादुर बुढाथोकी, राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार पास्टर भारत जिसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा पास्टर पूर्ण बहादुर तामाङले यूहन्नाको पुस्तक १७, रोमी १२ को १६ लगायतका वचन खण्डबाट आत्मिक एकताको विषयमा चुनौतीपूर्ण वचन प्रचार गर्नुभयो । सुनवल नगर इसाई एकता समुदायका उपाध्यक्ष पास्टर जीतबहादुर पुनले शुरुको प्रार्थना गरेसँगै उपाध्यक्ष पास्टर राजमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

   

कार्यक्रमलाई जिल्ला समितिका सचिव पास्टर डेविड थपाज्युले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष पास्टर सुमन दर्लामीज्यूले सहभागी सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

       

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd