धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सप्ताहव्यापी जिल्ला भेला नवलपुरमा सम्पन्न

१९ माघ, नवलपुर । नवलपुर ख्रीष्टियन चर्च परिषद्को आयोजनामा राष्ट्रिय ख्रीष्टियन महासंघको नवलपुर जिल्ला भेला (आईतबार) डण्डा अभिषेक चर्चमा सम्पन्न भएको छ । रुपन्देही र नवलपरासी हुँदै नवलपुर पुगेको महासंघको केन्द्रिय टोलीले भेलामा सहजीकरण गरेको हो । परिषद् सल्लाहकार फूल बहादुर तामाङको सभापतित्व र महासंघका केन्द्रीय अध्यक्ष सि बि गहतराजज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नवलपुर जिल्ला कार्यसमिति गठनबारे गहन छलफल भएको थियो ।

   

अध्यक्ष गहतराजले भेलालाई सम्बोधन गर्दै नेपालका मण्डलीहरु स्वाभिमान र अधिकार सम्पन्न बन्ने महान अभियानमा सरिक हुन सहभागी सबैलाई आग्रह गर्नु भयो । राष्ट्रिय ख्रीष्टियन आयोग गठन देखि सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमतिको अक्षरस पालना गर्न सरकारलाई आग्रह गरिरहेको सन्दर्भ जोड्दै अध्यक्ष गहतराजले ख्रीष्टियन समुदाय एक हुनुको विकल्प नरहेको बताउनुभयो ।कार्यक्रममा महासंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यू, उप महासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, राष्ट्रिय ख्रीष्टियन महासंघ,नवलपरासीका अध्यक्ष पास्टर सुमन दर्लामी, राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार पास्टर भारत जिसी, रुपन्देही ख्रीष्टियन कम्युनिटीका राजनीतिक विभाग संयोजक डिकन मेघराज घिमिरे, सचिव तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के लगायतले शुभकामना मन्तव्य राख्दै महासंघका गतिविधि र आगामी कार्यक्रमबारे भेलालाई जानकारी गराउनुभएको थियो । आज सम्पन्न भेलामा नवलपुर जिल्लामा रहेका विभिन्न मण्डलीबाट करिब १ सय पास्टर,अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नवलपुरमा पनि जिल्ला भेलाको आयोजना

   

१९ माघ, नवलपुर । नवलपुर ख्रीष्टियन चर्च परिषद्को आयोजनामा

राष्ट्रिय ख्रीष्टियन महासंघको नवलपुर जिल्ला भेला आज(आईतबार) डण्डा अभिषेक चर्चमा सम्पन्न भएको छ । रुपन्देही र नवलपरासी हुँदै नवलपुर पुगेको महासंघको केन्द्रिय टोलीले भेलामा सहजीकरण गरेको हो । परिषद् सल्लाहकार फूल बहादुर तामाङको सभापतित्व र महासंघका केन्द्रीय अध्यक्ष सि बि गहतराजज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नवलपुर जिल्ला कार्यसमिति गठनबारे गहन छलफल भएको थियो ।

   

अध्यक्ष गहतराजले भेलालाई सम्बोधन गर्दै नेपालका मण्डलीहरु स्वाभिमान र अधिकार सम्पन्न बन्ने महान अभियानमा सरिक हुन सहभागी सबैलाई आग्रह गर्नु भयो । राष्ट्रिय ख्रीष्टियन आयोग गठन देखि सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमतिको अक्षरस पालना गर्न सरकारलाई आग्रह गरिरहेको सन्दर्भ जोड्दै अध्यक्ष गहतराजले ख्रीष्टियन समुदाय एक हुनुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा महासंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यू, उप महासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, राष्ट्रिय ख्रीष्टियन महासंघ,नवलपरासीका अध्यक्ष पास्टर सुमन दर्लामी, राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार पास्टर भारत जिसी, रुपन्देही ख्रीष्टियन कम्युनिटीका राजनीतिक विभाग संयोजक डिकन मेघराज घिमिरे, सचिव तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के लगायतले शुभकामना मन्तव्य राख्दै महासंघका गतिविधि र आगामी कार्यक्रमबारे भेलालाई जानकारी गराउनुभएको थियो । आज सम्पन्न भेलामा नवलपुर जिल्लामा रहेका विभिन्न मण्डलीबाट करिब १ सय पास्टर,अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

   

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd