धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सद्भावदुतहरुको शिखर सम्मेलन हङकङमा सम्पन्न

२५ कार्तिक २०७६ ! संयुक्त राज्य अमेरिकामा आफ्नो कार्य थलो बनाउनु भएका पा. निमा घिसिङको नेतृत्वमा ५ सदस्य प्रवासी तथा गैह्र आवसिय समन्वाय विभागको समिति गठन हुनुका साथै महादेशिय प्रमुख तथा विभिन्न राष्ट्रहरुमा महासंघको विधान २०६८ तथा सशोधन २०७३ को दफा ४ अनुसार सद्भावदूतहरु मनोनयन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सद्भावदूतहरुको पहिलो शिखर सम्मेलन समापन गरियो । समापन समारोहमा हङकङका लागि नेपाल सरकारका महाबानिञ्यदूत श्री कमल प्रसाद् भट्टराईको प्रमुख आतिथ्य तथा सिडर फण्ड हङकङका कार्यकारी प्रमुखको विशेष आतिथ्य रहेको थियो । महासंघले विश्वका विभिन्न राष्ट्रका व्यक्तित्वहरुलाई भेला गराई आफ्नो देश र समुदायको हित तथा भलाईका लागि चिन्तन मनन गरेकोमा खुशी व्यक्त गर्दै नव गठित प्रवासी तथा गैह्र आवसिय समन्वाय विभागको समितिका सदस्यहरु तथा सद्भागदूतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

सिडर फण्ड हङकङका कार्यकारी प्रमुख डा. रेमण्डले सबैलाई उत्साह दिदै भन्नुभयो “प्रभु येशुको सेवकाईको बेलामा प्रतिकुल परिस्थिति हुँदा हुँदै पनि उहाँले १२ जना अगुवाहरु निर्माण गर्नु भयो र सुसमचारका पद्दति बसाल्नुभयो, उहाँको समयमा जस्तै अहिले हाम्रो समयमा पनि अनुकुल प्ररिस्थिति छैन र उहाँले गरेनुसार नै हामीहरुले पनि गर्नु पर्छ र हामीहरु सबै मिलेर उहाँले थालनी गर्नुभएको कुरालाई अघि बढाउनु पर्छ” यी कुरामा महासंघले विशेष ध्यान दिनुपर्नेमा जोड दिर्दै महासंघका लागि प्रार्थना गरिराख्ने बताउनु भयो ।

नवनियूक्त प्रवासी तथा गैह्र आवसिय विभागका सदस्य तथा महादेशिय प्रमुखहरुमा सह–प्रमुख तथा उत्तर अमेरिकाका प्रमुखमा पा.डा.प्रकाश मेघी गुरुङ, सचिव तथा एसियाका प्रमुखमा पा.राजु बराईली, कोषाध्यक्ष तथा अष्ट्रलियका प्रमुखमा मुना पाण्डे र सदस्य तथा युरोप प्रमुखमा रेभ.डा.डम्बर अधिकारी चयन हुनुभएको छ साथै अन्य विभिन्न देशहरुका लागि सद्भावदूतहरु पनि मनोनयन गरिएको छ । नवगठित समितिले आगामी २०२० का लागि कार्ययोजना पनि बनाएको छ जसमा महादेशिय बैठकहरु गरी अन्य धेरै भन्दा धेरै राष्ट्रहरुका लागि सद्भावदूतहरु मनोनयन गर्ने र नेपाली भाषी मण्डलीहरुको लागि एक सशक्त आवाज बनी नेपाली भाषी मण्डलीहरुको समस्याहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि समाधानको लागि पहल गर्ने गरी कार्ययोजना बनाइएको छ ।

२०१९ नोभेम्बर ०८ देखि वाई.एम.सि.ए.को कम्प्याक्स हङकङमा शुरु भएको शिखर सम्मेलनलाई नेपाली ख्रीष्टियन परिषद् हङकङले होष्ट गरेको थियो भने परिषद्मा आबद्ध मण्डलीहरुका साथै यस शिखर सम्मेलनका सहभागिहरुसँगको संयूक्त संगति अर्थात नोभेम्बर १० तारिखका दिन सम्पन्न भएको थियो ।

उक्त शिखर सम्मेलनमा अध्यक्ष सि.बि.गहतराज, रेभ.डा.फिलेमोन खड्का क्षेत्री, प्रोफेसर डा.थोर स्टेडिन्यस, पा.निमा घिसिङ, पा. डा.मनोज श्रेष्ठ, महासंघका कानुनि सल्लाहकार अधिबक्ता बुद्ध घिसिङ तथा उपमहासचिव पा. धनराज घिमिरेले विभिन्न विषयहरुमा आफ्नो प्रस्तुति गर्नुभएको थियो । त्यसै गरी सहभागि भएका सबै देशहरुका प्रतिनिधिहरुले सम्बन्धित देशमा भइरहेको सेवकाई, नेपाली भाषी मण्डलीहरुको अवस्था तथा चुनौतिहरुका साथै महासंघका लागि महत्वपूर्ण सुझावहरु दिनुभएको थियो ।

शिखर सम्मेलन अतिनै आशिष्मय भएको तथा महासंघका बारेमा धेरै कुराहरु जान्न पाएको र अबका दिनमा महासंघका लागि निरन्तर प्रार्थना गर्ने र आबद्ध भई महासंघले उठाएका एजेण्डहरुमा सक्दो सहयोग गर्ने कुरा उपस्थिति सहभागिहरुले बताउनु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd