धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सचिवालयको बैठक सम्पन्न

१४ माघ ०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव पा. पदमनाथ पराजुलीज्यूको अध्यक्षता र अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा सचिवालयको बैठक ललितपुर इमाडोलस्थित आनन्दित मण्डलीमा सम्पन्न भएको छ । महासंघको ०७४/०७५ को वार्षिक कार्ययोजना बनाउने क्रममा उपस्थिीत सचिवज्यूहरुको सल्लाह सुझाव र समुहगत रुपमा छनौट गरिएका ७ वटा विभिन्न विषयहरुमा समुह बनाई छलफल गरी १६ गते मंगलबार बस्ने केन्द्रिय विशेष कार्यकारी समितिको बैठकमा सचिवालयले प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । उक्त बैठकको सुरुको प्रार्थना उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूले गर्नुभई समापनको अन्तिम प्रार्थना महासचिव पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd