धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

संविधान दिवस २०७४ को शुभकामना सहित धन्यवाद कार्यक्रम सम्पन्न

३ असोज २०७४, काठमाण्डौँ । नयाँ संविधान घोषणा भएको दोस्रो वार्षिक दिवसको अवसरमा काठमाण्डौँको पुतलीसडकस्थित वेथशालोम सभा हलमा महासंघका अध्यक्ष सि.वी. गहतराजको सभापतित्व एवंम सामान्य प्रशासन मन्त्री माननीय टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा उपत्यकाको पाष्टर र अगुवाहरुको भव्य उपस्थ्तिमा विशेष धन्यवाद तथा प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथिहरुमा एमाले नेता एवंम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय आनन्द पोखरेल, नेपाली कांग्रेसका नेता माननीय रामहरी खतिवडा मञ्चमा हुनुहुन्थ्यो । महासंघका महासचिव पा. पदमनाथ पराजुलीले कुशल सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु प्रवेश गर्दै उप–महासचिव तथा प्रवक्ता पा. सागर बैँजुले नेपालको सातौ संविधान दुई वर्षको भयो के अब संवैधानिक अस्थिरताको अन्त्य होला आशा गरौ, प्रयास गरौ भन्दै आगन्तुक सबै अतिथि एवंम सहभागिहरुलाई समग्रमा स्वागत सहितको मन्तव्य दिनुभएको थियो । मन्तव्यको क्रममा माननीय मन्त्री टेक बहादुर बस्नेत लगाएत अन्य अतिथि तथा विशिष्ठ अतिथिहरुले आआफनो मन्तव्य राख्दै धर्मनिरपेक्षताको मर्म भनेको नै प्रत्येक धर्मलाई राज्यले समान व्यवहार गर्नु हो । यो संविधान व्यवहारिक रुपमा कार्यान्वयन गर्दै सबै धार्मिक, सांस्कृतिक, भाषिक र समाजिक अधिकारको सुनिश्चितको अनुभुति दिलाउने कुरामा जोड दिनुभएको छ । महासंघले अहिलेको विभिन्न जटिल विषयहरुमा प्रार्थना गरी कार्यक्रमका सभापति तथा अध्यक्ष सी.वी.गहतराजले नेपालको सातौ संविधान दुई वर्षको भयो र यस संविधानले सबै धर्म जात र सबै नेपालीहरुको मन बुझन सकेको होस् र देशलाई बलियो बनाउन समय अनुसारको विकासको काम गराउन अहिलेको यो संविधानले यहि काम गरोस भन्दै संविधान दिवस २०७४ को शुभकामना सहित धन्यवाद दिँदै कार्यक्रम समापनको अन्तिम प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd