धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

संविधान दिवसको अवसरमा सतै प्रदेशमा वृहत प्रार्थना भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

३ असोज २०७७, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा संविधान दिवसको अवसरमा नेपाल र नेपालीहरुको लागि वृहत प्रार्थना सातै ओटा प्रदेशमा छुट्टाछुट्टै तर एकै समयमा आज (शनिबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । उक्त प्रार्थना भेलामा महासंघका अध्यक्ष, केन्द्रिय पदअधिकारीहरु, प्रदेश तथा जिल्ला पदअधिकारीहरु, विभिन्न देशका सद्भावदुतहरु तथा महादेशियदुतहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पाष्टर, अगुवाहरु सथै विश्वासीहरुकोे बृहत सहभागिता रहेको थियो ।

प्रदेश १ एसिया महादेश प्रमूख रेभ. पा. राजु बराईली, प्रदेश २ यूरोप महादेश प्रमूख रेभ. पा. डम्बर अधिकारी, प्रदेश ३ अमेरिका महादेश प्रमूख रेभ. पा. प्रकाश मेघी गुरुङ्ग, प्रदेश ४ मण्डली समन्वयन विभाग प्रमूख रेभ. पा. सोनाम काबो, प्रदेश ५ बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री, प्रदेश ६ सहअध्यक्ष अधिवक्ता रीता थापा मगर, प्रदेश ७ केन्द्रिय सदस्य रेभ. पा. आमेन थापाले वचनको सेवकाई गर्नुभएको थियो ।

प्रदेश १ संयोजक रेभ.पा. एनोस गजमेर, प्रदेश २ उपाध्यक्ष तथा प्रमूख रेभ.पा. प्रदिप मोरबैता यादव, प्रदेश ३ उपाध्यक्ष तथा संयोजक पा. कृष्ण परियार, प्रदेश ४ उपाध्यक्ष तथा प्रमूख पा. ओमराज परियार प्रदेश ५ सह अध्यक्ष तथा प्रमूख पा. टेक विक्रम हिताङ्ग, प्रदेश ६ उपाध्यक्ष तथा प्रमूख पा. पदम गैर प्रदेश ७ उपाध्यक्ष तथा प्रमूख पा. जितेन्द्र ताम्राकार आदि व्यक्तिवहरुले कार्यक्रम संयोजकको भुमिका निभाउनु भएको थियो ।

संविधान दिवसको अवसरमा वृहत प्रार्थनामा सहभागि भई कार्यक्रमलाई भब्य र सफल पार्न साथ दिनुहुने सबैलाई महासंघको तर्फबाट हृदयदेखि आभार प्रकट गर्नुको साथै आगामि दिनहरुमा पनि यस्तै साथ र सहकार्यको अपेक्षा गर्दछौँ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd