धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

संयुक्त राष्ट्रिय इष्टर महोत्सव–२०७४ भव्यतका साथ मनाउन आह्वान

२८ माघ २०७४, ललितपुर । राष्ट्रिय इष्टर महोत्सव–२०७४ खुल्ला मञ्चमा भव्यतका साथ सबै मण्डली समुह सँग मिलेर मनाउने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिको बैठकले निर्णय गरेको छ । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा सल्लाहकार पा. सोनाम टि काबो, रेभ. एलिया प्रधानज्यू र रेभ. अब्दुल मुखियाज्यूको विशेष उपस्थिती रहको सो बैठकमा केन्द्रिय समितिका सह–अध्यक्षज्यूहरु रेभ. डा. फिलेमोन क्षेत्रीज्यु, रेभ. शामूएल सोदेम्बाज्यू रेभ. काजीरत्न मर्हजनज्यू, उपाध्यक्ष जित बहादुर भित्राकोटीज्यू र उपमहासचिव तथा समन्वय समितिका संयोजक पा. चन्द्रमान नेपालीज्यू, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजु, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरिया, पा. उदयराज भाटज्यू लगायतका केन्द्रिय पदाधिकारीज्यूले आ–आफनो धारणा सहित सुझाव राख्नुभएको थियो ।  प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टरको पहिचान राष्ट्रिय रुपमा स्थापित गराउन र सार्वजनिक विदा गराउनको लागि सबै मिलेर प्रार्थना सहित विभिन्न मण्डली समुहहरु सँग छलफल गरेर अगाडी बढने समेत महासंघले निर्णय गरेको हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd