धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

संगठन विभागको बैठक सम्पन्न

१८ मङ्सिर २०७७ (बिहिबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको संगठन विभागले आयोजना गरेको बैठक महासंघका सहअध्यक्ष, ५ नं प्रदेश तथा संगठन विभागका प्रमूख पा. टेक विक्रम हिताङ्गको अध्यक्षता र बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको प्रमूख आथित्यमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । उप-महासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले सुरुको प्रार्थना गरेर कार्यक्रम अगाडी बढाउनु भएको थियो । आराधनाको अगुवाइ केन्द्रिय सदस्य पा. रुप घिमिरेले गर्नुभएको थियो भने वचनको सेवकाइ मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो ।

सचिव ए. विष्णु परियारले विषय वस्तुको जानकारी गराउनु भएको थियो भने सह-कोषाध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग सह-प्रमूख पा. आशा राईले प्रार्थना विभागको स्थापना र महत्वको बारे बताउनु भएको थियो । १ नं प्रदेशका संयोजक रेभ. पा. एनोस गजमेर, सचिवालय संयोजक रेभ. पा. प्रेम कार्की, उप-महासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया, उपाध्यक्ष तथा ७ नं प्रदेश प्रमूख पा. जितेन्द्र ताम्राकार, उपाध्यक्ष तथा ६ नं प्रदेश प्रमूख पा. पदम गैरे, उपाध्यक्ष तथा ४ नं प्रदेश प्रमूख पा. ओमराज परियार, उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक रेभ. पा. कृष्ण परियार, उपाध्यक्ष तथा २ नं प्रदेश प्रमूख रेभ. पा. प्रदिप मोरबैता यादव, बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री र सहअध्यक्ष तथा संघठन विभाग र प्रदेश नं ५ प्रमूख पा. टेक विक्रम हिताङ्गले मन्तब्य राख्नु भएको थियो ।

प्रस्तावित छलफललाई अनुमोदन गर्दै प्रदेश स्तरिय प्रार्थना विभागको २ नं प्रदेशमा पा. रोसन लामा संयोजक र विनोद कुमार यादव सहसंयोजक, ३ नं प्रदेशमा सह-कोषाध्यक्ष पा. आशा राई संयोजक र पा. राजन गहतराज सहसंयोजक, ४ नं प्रदेशमा पा. सूर्य तिलीजा संयोजक र पा. राज थापा सहसंयोजक, ५ नं प्रदेशमा केन्द्रिय सदस्य पा. सुरज थापा संयोजक र केन्द्रिय सदस्य पा. रुप घिमिरे सहसंयोजक, ६ नं प्रदेशमा केन्द्रिय सदस्य पा. प्रेम बयलकोटी संयोजक र पा. पूणर् बर्देवा सहसंयोजक, ७ नं प्रदेशमा पा. केशव ताम्राकार संयोजक र बलदेव नायक सहसंयोजक पदमा सर्वसम्मतिले मनोनयन गरिको छ ।

सहअध्यक्ष पा. टेक विक्रम हिताङ्गले बैठकमा सहभागिहरुलाई धन्यवाद दिनुभयो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले प्रदेश स्तरिय प्रार्थना विभागका मनोनीत पदाधिकारीहरुको निम्ति आशिषको प्रार्थना गर्नुको साथै अन्तिम प्रार्थनाद्वारा कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd