धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

शुभकामना मोटरसाइकल र्याली सम्पन्न ।

८ पौष २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान मोटरसाइकल र्याली भव्यताका साथ आज सम्पन्न भएको छ ।उपत्यकाका विभिन्न मण्डलीहरुका करिव ३ सय जनाको सहभागितामा प्रभू येशू ख्रीष्टको जन्मोत्सवको शुभकामना आदानप्रदान गर्दै मोटरसाइकल र्याली सम्पन्न भएको हो । काडमाण्डौको नयाँबानेश्वर स्थित बिजुली बजारको पुलबाट सुरु भएको उक्त र्याली कार्यक्रमको भृकुटिमण्डपमा पुगि समापन भएको हो । उक्त र्यालीको उद्घाटन कार्यक्रम महासंघका कार्यवाहक अध्यक्ष डोमा राईको सुरुको प्रार्थनाद्धारा सुरु भएको थियो भने बाग्मती प्रदेशका प्रदेश सांसद मीन कृष्ण महर्जनले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै सासंद महर्जनले ख्रीष्टियन समुदायको बडादिन ख्रीष्टमसको सबैलाई शुभकामना दिदै ख्रीष्टियन समुदायको हक अधिकारका लागि आफु कटिबद्ध रहेको बताउनुभयो । आफु सबै जनताको प्रतिनिधि भएकोले सम्पूर्ण धार्मिक समुदाय आफ्ना लागि समान रहेको उहाँले बताउनुभयो ।

ख्रीष्टमस शुभकामना आदान प्रदान मोटरसाइकल र्याली नयाँबानेश्वरको बिजुलीबजार पुलबाट बिहान ८ बजेबाट सुरु भई माइतिघर, थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, हात्तिसार, पुतलीसडक हँुदै भृकुटिमण्डपमा पुगि समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख रेभ. उद्धव चिमोरीया तथा कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्रराज सापकोटाले सम्पूर्ण सहभागिहरुलाई स–धन्यवाद व्यक्त गर्नुभएको थियो । विभिन्न वक्ताहरुले ख्रीष्टमसको शुभकामना बाड्दै सौहार्दपूर्ण तवरले अन्तिममा चियापान कार्यक्रम गरी मोटरसाइकल र्याली विसर्जन गरिएको थियो । ख्रीष्टमस शुभकामना आदान प्रदान मोटरसाइकल र्यालीको संयोजन महासंघका सचिव तथा आराधना विभाग प्रमुख अनिल राईज्यूले गर्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले यहि पौष १० गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा ख्रीष्टमस महोत्सव २०७९ भव्य रुपमा मनाउनेभएको छ ।

 

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd