धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

वृहत प्रार्थना सभा सम्पन्न

६ चैत २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा हिजो सोमबार वृहत प्रार्थना सभा सम्पन्न भएको छ । प्रभु येशू ख्रीष्टको पुनरुत्थान (इस्टर) र ख्रीष्टमसको सार्वजनिक विदा गराउनको लागि सो प्रार्थना सभाको आयोजना गरिएको हो । प्रार्थना सभामा महासंघ र सरकार वीच भएको ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयन र ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारको विषयहरु साथै देशमा भईरहको विभिन्न समस्याको समाधानको निम्ति समेत प्रार्थना गरिएको उक्त सभाको संचालन डि. हेम सुनुवारले गर्नुभएको थियो भने आशिषमय अभिप्रेरित वचनको सेवा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले गर्नुभएको थियो । प्रार्थनाको अगुवाई महिला विभागका प्रमुख डोमा राईज्यू, प्रार्थना विभागका प्रमुख देउमाया तामाङज्यू, उपाध्यक्ष प्रेमा राईज्यू, पा. बुद्धिमान तामाङज्यू, पा. जीवन बस्नेतज्यू, पा. मन्दिर कुमार श्रेष्ठज्यू, पा. आत्माराम रम्तेलज्यू, पा. राजेन्द्र लामा लगायतले प्रार्थनाको अगुवाई गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd