धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

वृहत प्रार्थना सभा सम्पन्न

७ जेठ २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा वृहत प्रार्थना सभा सम्पन्न भएको छ । देशमा अहिले भइरहेको विभिन्न परिस्थिती र घटनाहरुको विषयमा केन्द्रित रहदैँ सो प्रार्थना सभाको आयोजना गरिएको हो । प्रार्थना सभामा देशको विभिन्न स्थानमा पवित्र धार्मिक स्थल मण्डली (चर्च)हरुमा आगजनी, बम बिस्फोट, झुठा आरोपमा प्रहरीद्वारा गिरफतार गरी मुद्धा लगाउने र अनावश्यक दुःख दिने गरेको घटनाको विषयमा प्रार्र्थना गरिएको थियो । साथै महासंघ र सरकार वीच भएको ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयन र ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारको विषयहरु साथै देशमा भईरहको विभिन्न समस्याको समाधान तथा राष्ट्रको निम्ति समेत प्रार्थना गरिएको उक्त सभाको संचालन डि. हेम सुनुवारले गर्नुभएको थियो भने आशिषमय अभिप्रेरित वचनको सेवा महासंघका सहसचिव पा. इन्द्रकुमार बस्नेतज्यूले गर्नुभएको थियो ।  विभिन्न विषयहरु समेटी गरिएको प्रार्थनाको अगुवाई महिला विभागका प्रमुख, उपाध्यक्ष डोमा राईज्यू, केन्द्रिय सदस्य पा. बुद्धिमान श्रेष्ठज्यू, पा. कुमार लामाज्यू, पा. विजय कुमार सुनुवारज्यू, सानु मोक्तानज्यू, अनुग्रह प्रतापी मण्डलीका सल्लाहकार चित्र सिंह मादेलज्यू लगायतकाले गर्नुभई अन्तिम आशिषको प्रार्थना महासंघका अध्यक्ष सी. वी. गहतराजज्यूले गर्नुहुँदै अहिलेको परिस्थितीमा सबै मण्डलीहरु सजय र जागरुक हुनपर्ने बताउँनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd