धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रीय समितिको बैठक सम्पन्न

११ साउन २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रीय समितिको बैठक महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका कार्य बहाक अध्यक्ष, संरक्षक, सह-अध्यक्षहरु, उपाध्यक्ष लगाएत विशेष केन्द्रीय समितिका पदाधिकारीहरुको उपस्थिती रहेको छ । बैठकले महासंघको एशिया समिट-२०२२ एशिया महादेश प्रमुख रेभ. राजु बराइलीको संयोजकत्व र उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख रेभ. डा. नरि राम लुहार (बिनोद)को सहकार्यमा भारतमा आयोजना गर्ने निणर्य गरेको छ भने महासंघको केन्द्रीय कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने छ । उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख डा. नरि राम लुहार (बिनोद)लाई प्रशिक्षण विभाग प्रमुख पदमा सर्वसम्मतीले चयन गरेको छ भने पत्रकार गोबिन्द बिश्वकर्मालाई महासंघको प्रेश सल्लाहकारमा नियुक्ति गरेको छ । नेपाल बाइबल सोसाइटीको कार्यकारी प्रमुखले दिएको निवेदन उपर समस्या समाधन गर्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको तर्फबाट बरिष्ठ सहअध्यक्ष रिता थापा मगर काबो, महासचिव चित्र रेखा ओझा र सहमहासचिव तथा प्रवक्ता ज्ञानेन्द्र राज सापकोटालाई प्रतिनिधि पठाउने निणर्य गरेको छ । सहअध्यक्ष तथा केन्द्रीय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सुरुको प्रार्थना गर्नु भएको थियो भने सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले आराधनाको अगुवाई गर्नु भएको थियो । महासचिव चित्र रेखा ओझाले स्वागत मन्तब्य तथा बिषय वस्तु जानकारी गराउनुभएको थियो । सहमहासचिव सापकोटाले कार्यक्रम कुसलतासाथ संचालन गर्नु भएको थियो भने उपाध्यक्ष धन बहादुर थापाले अन्तिम प्रार्थना गर्नुभएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd