धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रीय समितिको बैठक सम्पन्न : उपत्यकाव्यापी ख्रीष्टमस महोत्सव आयोजना हुने

२०७९ मंसिर २२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रीय समितिको बैठक विहिबार सम्पन्न भएको छ । हरेक वर्ष येशू ख्रीष्टको जन्मदिनलाई हर्षोउल्लासका साथ मनाउदै आएको महासंघले यसवर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने बैठकमा निर्णय भएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघ नेपालको संयुक्त आयोजनामा यो वर्ष उपत्यकाव्यापी ख्रीष्टमस महोत्सव २०७९ आयोजना गरिनेभएको छ । बैठकमा भएको निर्णय अनुसार उपत्यकाका विभिन्न इसाई संस्था र मण्डलीहरुको उपस्थिति, सहभागिता र आतिथ्यतामा वृहत कार्यक्रम हुने भएको छ ।

राष्ट्रप्रमुख तथा राज्यका विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा ख्रीष्टमस महोत्वस सम्पन्न हुने महासंघका कार्यवाहक अध्यक्ष डोमा राईले जानकारी दिनुभयो । यहि पौष ८ गते हरेक वर्ष जस्तो ख्रीष्टमस शुभकामना मोटरसाईकल र्यालीको आयोजना गरिने पनि उहाँले बताउनुभयो । विहान साढे ७ बजेबाट काठमाण्डौको बिजुलीबजार पुलबाट भृकुटिमण्डपसम्म उक्त मोटरसाइकल र्याली हुने भएको छ । त्यस्तै पौष १० गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा उपत्यकाव्यापी ख्रीष्टमस महोत्सवको वृहत कार्यक्रम हुनेभएको छ । जहाँ राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति तथा उपत्यकाभित्रका सबै चर्चहरुको सहभागितामा भव्य कार्यक्रम हुनेछ । जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन लगायत राष्ट्रव्यापी आमसञ्चारमाध्यमहरुमार्फत गरीने बताइएको छ । पौष १० गते दिनको १२ बजे काठमाण्डौको सुन्धारा अगाडी टुडिखेलको गेटमा चर्चका विश्वासीहरु भेला भई त्यहाबाट राष्ट्रिय प्रज्ञा प्रतिष्ठान सम्म सुसमाचारीय र्याली गर्ने र त्यसपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा हुने कार्यक्रममा सहभागि हुने महासंघका सहअध्यक्ष तथा राजनितिक विभाग प्रमुख एवम् उपत्यकाव्यापी ख्रीष्टमस महोत्सब २०७९ का संयोजक उद्धब प्रसाद चिमोरीयाले बताउनुभयो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd