धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रीय समितिको बैठक सम्पन्न

१९ मंसिर २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न आजको बैठकमा आउँदै गरेको ख्रीष्टमस भव्यताका साथ सम्पन्न गर्न आवश्यक पुर्वतयारीका विषयमा बृहत छलफल गरिएको थियो । कार्यवाहक अध्यक्ष डोमा राईको अध्यक्षतामा बसेको बैठकले आउदै गरेको ख्रीष्टियन समुदायको महान उत्सब ख्रीष्टमस विगतमा जसरी २०७९ पौष १० गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राष्ट्रप्रमुख लगायत राज्यका उच्च व्यक्तित्वहरुको उपस्थितिमा मनाईने भएको छ ।

उक्त कार्यक्रमलाई नेपाल टेलिभिजन तथा राष्ट्रव्यापी टेलिभिजनहरु मार्फत प्रत्यक्ष प्रसारण पनि गरिने भएको छ । साथै महासंघले अन्य विभिन्न कार्यक्रमहरु पनि गर्ने बैठकमा जनाइएको छ । जसमा २०७९ पौष ८ गते ख्रीष्टमस शुभकामना सम्बन्धि मोटरसाइकल र्याली गर्ने भएको छ । ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानका लागि राज्यसँग निरन्तर पैरवीको काम गरिरहेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले वि.स. २०६४ सालबाट ख्रीष्टमस महोत्सब मनाउदै आएको छ । ख्रीष्टमस महोत्सबले देशभर प्रभु येशूको जन्मका बारेमा सुसन्देश प्रवाह हुने हुँदा महासंघका कार्यक्रमहरुलाई सबैले एक्यवद्धताका साथ सहायता गर्न महासंघले आह्वान पनि गरेको छ । आज सम्पन्न विशेष समितिको बैठकको सञ्चालन महासंघका केन्द्रीय कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटाले गर्नुभएको थियो भने विषयवस्तुमा प्रवेश महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख उद्धव प्रसाद चिमोरीयाले गर्नुभएको थियो । बैठकको सुरुको प्रार्थना उपाध्यक्ष तथा प्रार्थना विभाग प्रमुख देउमाया तामाङले गर्नुभएको थियो भने अन्तिम प्रार्थना तथा समापन कार्यवाहक अध्यक्ष डोमा राईले गर्नुभएको थियो ।

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd