धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रीय समितिको बैठक सम्पन्न

२७ साउन २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रीय समितिको बैठक महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका कार्य बहाक अध्यक्ष, संरक्षक, सह-अध्यक्षहरु, उपाध्यक्ष लगाएत विशेष केन्द्रीय समितिका पदाधिकारीहरुको उपस्थिती रहेको छ । विभिन्न विभागका प्रमुखहरुले आ-आफ्नो विभागको जानकारी गराउनु भएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उदेश्यलाई प्राप्त गर्न रिक्त पदमा पदपुर्तिका लागि गरेको प्रस्ताव विष्णु कुमारी कार्की (बिनु)लाई सचिव पदमा सर्बसम्मतीले पदउन्नती पारित गरेको छ ।

 

उपाध्यक्ष तथा मण्डली समन्वय विभाग सहप्रमुख ख्रीष्टभक्त महर्जनले सुरुको प्रार्थना गर्नु भएको थियो भने सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले आराधनाको अगुवाई गर्नु भएको थियो । सहमहासचिव ज्ञानेन्द्र राज सापकोटाले स्वागत मन्तब्य तथा बिषय वस्तु जानकारी गराउनुभएको थियो भने महासचिव चित्र रेखा ओझाले कार्यक्रम कुसलतासाथ संचालन गर्नु भएको थियो । सहअध्यक्ष तथा महिला विभाग प्रमुख डोमा राईले अन्तिम प्रार्थना गर्नुभएको थियो भने कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd