धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रिय समितिको बैठक भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका अध्यक्ष सी.बी गहतराजको अध्यक्षतामा ११ भाद्र २०७७ (बिहिबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । बैठकमा महासंघका अध्यक्ष, सह–अध्यक्षहरु, उपाध्यक्षहरु, उपमहासचिवहरु, सचिवहरु र सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष, प्रदेश प्रमुखहरू, एसिया महादेश प्रमुख रेभ. पा. राजु बराईली, १ नं प्रदेश संयोजक रेभ. पा. एनोस गजमेर, ख्रीष्टियन पत्रकार महासंघका अध्यक्ष पा. गिदोन लामिछाने, महासंघ मकवानपुर जिल्ला अध्यक्ष पा. मोमलाल लामाको उपस्थिती रहेको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्तिुति दिनुभएको थियो । कानुनि सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्गले महासंघका पदअधिकारीहरुको जिज्ञासाहरुलाई प्रश्ट्याई सल्लाहा तथा सुझावहरु दिनुभएको थियो भने सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तारको विषय बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित छलफलमाथि सह–अध्यक्ष, प्रदेश प्रमुखहरु र विभागिय प्रमुखहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । उक्त छलफल पछि ७७ ओटा जिल्लामा सचेतना अभियान संचालन गर्नको लागि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको लागि संघठन विभागको समन्वयन र परिचालनका साथै महासंघको सम्पूर्ण विभागहरु, समितिहरु परिचालन गर्न र ७ ओटै प्रदेशमा भिडियो कन्फ्रेन्सिंग भेला जूम मार्फत आयोजना गर्नको लागि महासंघको संघठन विभागका प्रमूख पा. टेक विक्रम हिताङ्गलाई जिम्मेवारी प्रदान गरियो । त्यसैगरी उपाध्यक्ष पाष्टर कृष्ण परियारलाई ३ नं प्रदेश संयोजक पदमा सर्वसम्मतिले मनोनयन गरिएको छ ।

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना महासंघका बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो । आराधनाको अगुवाई सहसचिव चित्ररेखा ओझाले गर्नुभएको थियो । सह अध्यक्ष अधिवक्ता रीता थापा मगरले बैठकमा उपस्थित सम्पूर्ण पदअधिकारीहरुलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको एसिया महादेश प्रमुख रेभ. पा. राजु बराईलीले परमेश्वरलाई हृदयदेखि विश्वास गर्नेहरुलाई स्वर्गको राज्यका साँचाहरु दिइएको छ र उहाँको महान सेवकाईको लागि पठाउनु भएको छ त्यसैले हाम्रो दायित्व सबैले पुरा गर्नुपर्छ भन्ने उत्साहपूर्ण बचन बाँड्नु भएको थियो । सह–अध्यक्ष रेभ. पा. रिन्जी लामाले अन्तिम प्रार्थना गर्नुभएको थियो भने महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुको जिज्ञासा र प्रश्नको जवाफ दिनुभई बैठकको समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd