धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रिय समितिको बैठक सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक ६ असार २०७८ (आइतबार) महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । बैठकमा महासंघका अध्यक्ष, सह-अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

सचिव रेभ. प्रेम कार्कीले प्रस्ताव पेश गर्नु भएका चर्च/मण्डली सम्प्रदाय सुझाव संकलनको लागि सचिव रेभ. प्रेम कार्की -संयोजक, सहकोषाध्यक्ष पा. ईश्वर श्रेष्ठ, केन्द्रिय सदस्य पा. आमेन थापा, केन्द्रिय सदस्य पा. संगम के.सी, केन्द्रिय सदस्य पा. कुमार गुरुङ्गको ५ सदस्य कार्यदललाई सर्बसम्मतीले मनोनयन गरिएको छ भने सहअध्यक्ष प्रमुख पा. टेक विक्रम हिताङ्गले महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम रिक्त पद पूर्तिका लागि पेश गर्नु भएकोे मनोनयन प्रस्ताबमा उपाध्यक्ष रेभ. बाबुराम हिङमाङ्गलाई सल्लाहकार पदमा पद उन्नती, प्रदेश नं १ का पूर्व प्रमुख पा. इन्द्र बहादुर नेपालीलाई उपाध्यक्ष पदमा, बागमति प्रदेशका पूर्व प्रमुख पा. ज्ञान बहादुर सुनुुवारलाई उपाध्यक्ष पदमा सर्बसम्मतीले मनोनयन गरिएको छ । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले महासंघको जग्गा व्यवस्थापन तथा भवन निर्माण परियोजनाको लागि ७ सदस्य समितिको प्रस्ताव पेशमा १. संयोजक-सहअध्यक्ष रेभ. रिन्जी लामा, २. सहसंयोजक-सहअध्यक्ष रिता थापा मगर काबो, ३. सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग, ४. सहअध्यक्ष पा. तेजमान तामाङ्ग, ५. उपाध्यक्ष रेभ. सोनाम काबो, ६. उपाध्यक्ष डोमा राई, ७. सहकोषाध्यक्ष पा. करण सिलवाल-सचिव सर्बसम्मतीले मनोनयन गरिएको छ । समाधि स्थल व्यवस्था सम्बन्धमा प्रगती प्रतीबेदन उपाध्यक्ष तथा समाधि स्थल कार्यदल संयोजक अधिवक्ता भविन्द्र राईले बैठक समक्ष पेश गर्नु भएको थियो भने सहअध्यक्ष पा. टेक विक्रम हिताङ्गले सातै प्रदेशमा प्रार्थना तथा साङ्गठानीक अवस्था बारे जानकारी गराउनु भएको थियो । सहअध्यक्ष रिता थापा मगर काबोको अन्तराष्ट्रिय सम्बन्धको विषय जानकारी बैठकमा प्रस्तुत गर्नुभएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पाँच सदस्सिय बाइबलिय परामर्श विभागिय पदाधिकारीहरु १. बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री-प्रमुख, २. उपाध्यक्ष रेभ. पा. सोनाम काबा, ३. केन्द्रिय सदस्य तथा प्रवासी तथा गैह्र आवासिय विभाग सहप्रमुख रेभ. डा. प्रकाश मेघि गुरुङ्ग, ४.सल्लाहकार रेभ. एलिया प्रधान र ५. केन्द्रिय सदस्य पा. चन्द्रा हिताङ्ग रहेको जानकारी गराउनु भएको थियो ।

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ.उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना उपाध्यक्ष रेभ. बाबुराम हिङमाङ्गले गर्नुभएको थियो । आराधनाको अगुवाई केन्द्रिय सदस्य तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नु भएको थियो भने सहअध्यक्ष रेभ. रिन्जी लामाले सबैलाई स्वागत गर्नु भएको थियो । सचिव चित्ररेखा ओझाले बैठकको विषय प्रस्तुत गर्नुभएको थियो ।

महासंघका अध्यक्ष सी.बी.गहतराजले बैठकमा सहभागिहरुको प्रश्नको जवाफ दिनुभई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd